तिहारको मौकामा १० जिल्लाबाट ११० जुवाडे पक्राउ

काठमाडौं: तिहारको अवसर पारेर देशका १० वटा जिल्लामा अवैध रूपमा जुवातास र कौडा खेलिरहेको अवस्थामा प्रहरीले ११० जनालाई पक्राउ गरेको छ। प्रहरीले १५ वटा फरक-फरक स्थानबाट छापा मारी कुल १३ लाख ४९ हजार ९४१ रूपैयाँ नगदसहित तास र कौडा बरामद गरेको छ।
उपत्यकाअन्तर्गत भक्तपुरका दुई स्थानबाट २४ जना र काठमाडौंको बुढानिलकण्ठबाट १० जना पक्राउ परेका छन्। त्यसैगरी, झापाबाट २२ जना, चितवनबाट १५ जना, सर्लाहीबाट ११ जना, धनुषाबाट ५ जना, कञ्चनपुरबाट ६ जना, कास्कीबाट ६ जना, धनकुटाबाट ७ जना र कपिलवस्तुबाट ४ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार भक्तपुरको चाँगुनारायण र मध्यपुर थिमि, काठमाडौंको बुढानिलकण्ठ, झापाको कमल र दमक, चितवनको भरतपुर र रत्ननगर, सर्लाहीको लालबन्दी र बरहथवा, धनुषाको जनकपुरधाम, कञ्चनपुरको भीमदत्त, कास्कीको पोखरा, धनकुटाको पाख्रीबास र कपिलवस्तुको वाणगंगामा छापा मारिएको थियो। पक्राउ परेका सबै व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




