थ्रीजी पूर्ण रूपमा बन्द गर्दै एनसेल
अब बाँकी रहेका ६८ प्रतिशत थ्रीजी साइट पनि एक महिनाभित्रै बन्द गर्ने योजनाको कार्यान्वयन सुरु गरेको छ ।

काठमाडौँ — एनसेलले थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको जनाएको छ । कम्पनीले अब बाँकी रहेका ६८ प्रतिशत थ्रीजी साइट पनि एक महिनाभित्रै बन्द गर्ने योजनाको कार्यान्वयन सुरु गरेको छ ।
एनसेलका कुल ३ हजार १ सय २९ वटा थ्रीजी साइटमध्ये हालसम्म ९ सय ९२ वटा साइट बन्द भइसकेका छन् । अब कम्पनीले बाँकी रहेका २ हजार १ सय ३७ वटा साइटमा समेत थ्रीजी सेवा बन्द गर्ने भएको हो ।
थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गर्ने रणनीतिअनुरूप एनसेलले यसलाई चार चरणमा कार्यान्वयन गर्दै छ । पहिलो चरणमा मंसिर ७ गते लुम्बिनी र गण्डकी प्रदेशका थ्रीजी साइट बन्द गरिने र दोस्रो चरणमा मंसिर १४ गते काठमाडौं, ललितपुर र भक्तपुरका साइटहरू बन्द गरिनेछन् । त्यसैगरी, तेस्रो चरणमा मंसिर २१ गते मधेश र गण्डकी प्रदेशका बाँकी विभिन्न स्थानका साथै चितवनमा थ्रीजी सेवा बन्द गरिने एनसेलले जानकारी दिएको छ । चौथो तथा अन्तिम चरणमा मंसिर २६ गते मधेश र कोशी प्रदेशका विभिन्न स्थानमा बाँकी रहेका सबै थ्रीजी साइट बन्द गरिनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




