Logo
Logo
समाचार

थोरङ्ला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

चालु वर्षको पहिलो चार महिनामा थोरङ्ला पास हुँदै आठ हजार ६४ जना पर्यटक मुस्ताङ भित्रिएका छन्

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ४ गते ०२:२७
५५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

मुस्ताङ । चालु वर्षको पहिलो चार महिनामा थोरङ्ला पास हुँदै आठ हजार ६४ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत मनाङ हुँदै उक्त सङ्ख्या मुस्ताङ पुगेको हो ।

मुस्ताङ हिमालपारिको सानो र मनोरम जिल्ला हो । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु वर्षको साउनदेखि कात्तिक महिनासम्म स्वदेशी पर्यटक दुई हजार ८४१ र विदेशी पर्यटक पाँच हजार २२३ जना थोरङ्ला पास हुँदै मुस्ताङ भित्रिएको जनाएको छ ।

राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत आन्तरिक तथा बाह्य पर्यटक लमजुङको बेँसीसहरबाट मनाङ हुँदै समून्द्री सतहको पाँच हजार ४१६ मिटर उचाइको साहसिक पदमार्ग थोरङ्ला पास गरी मुस्ताङको मुक्तिनाथ आइपुग्छन् ।

यो पदमार्गमा बर्सेनि दुई ‘सिजन’ करिब पाँच महिना मात्र स्वदेशी तथा विदेशी पर्यटकले पदयात्रा गर्ने गर्छन् । जिल्ला प्रहरी कार्यालयले प्रविष्ट गरेको पर्यटकीय विवरणअनुसार चालु वर्षको पहिलो चार महिनामा स्वदेशीतर्फ पुरुष दुई हजार ८०८ र महिला ३३ जनाले मनाङ—मुस्ताङ थोरङ्ला पास गरी मुस्ताङ भित्रिएका हुन् ।

यसैगरी, विदेशी पर्यटकतर्फ पुरुष तीन हजार ५७ र महिला दुई हजार १६६ जनाले राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ भित्रिएका हुन् ।

कार्यालयका अनुसार चालु वर्षको साउनमा १३३, भदौमा ३९९, असोजमा एक हजार ३६८ र कात्तिक महिनामा ६ हजार १६४ जनाले थोरङ्ला पास पदयात्रा गरी मुस्ताङ भित्रिएका छन् ।

चालु वर्षको कात्तिक महिनामा मौसम अनुकूल रहेकाले पहिलो चार महिनाको अनुपातमा सबैभन्दा बढी पर्यटकले थोरङ्ला पास पदयात्रा गरी मुस्ताङ प्रवेश गरेका हुन् । चालु वर्षको असोज ११ गते थोरङ्ला पास क्षेत्रमा भारी हिमपातका कारण पदमार्ग अवरुद्ध हुँदा अपेक्षा गरिएभन्दा निकै कम पर्यटक मुस्ताङ प्रवेश गरेका थिए ।

मनाङ—मुस्ताङ थोरङ्ला पास पदमार्ग साहसिक पदमार्ग भएकाले विदेशी पर्यटकहरु जोखिमपूर्ण पदयात्रा गर्दै मुस्ताङ भित्रिने गर्छन् । गत असोज ११ गतेको भारी हिमपातले थोरङ्लापास पदमार्ग दुई साता बढी अवरुद्ध हुन पुगेको थियो ।थोरङलापास पदमार्ग गर्ने अनुकूल समयमा बेमौसमे हिमपात हुँदा मनाङबाट मुस्ताङ आउने पर्यटकको आवागमन रोकिने पुगेको थियो । मनाङबाट मुस्ताङ आउने अवरुद्ध थोरङ्ला पास पदमार्ग सहज गराउन मुस्ताङ र मनाङका पर्यटन व्यवसाय , सुरक्षाकर्मी र सरोकारवालाले हिउँ पन्छाएर पदमार्ग सहज पारेका थिए ।

राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत मनाङ हुँदै थोरङ्ला पास गरी मुस्ताङ भित्रिने स्वदेशी तथा विदेशी पर्यटकले विश्वकै उच्च हिमाली पदमार्गको अन्नपूर्ण हिमाल र आसपासका हिमशङ्खला अवलोकन गर्ने गर्छन् ।

यो पदमार्गमा हिउँदयाम अघि सेप्टेम्बर, अक्टुबर र नोभेम्बरसम्म थोरङ्लापासा गर्ने पर्यटकको चहलपहल हुने गर्छ । यसैगरी, हिउँदयामपछि अप्रिल, मे र जुनसम्म विदेशी पर्यटकहरु थोरङला पास गरी मुस्ताङ निस्कन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित