Logo
Logo
समाचार

ठगी तथा सङ्गठित अपराधमा दुई पूर्वमन्त्रीसहित ६ जना उच्चपदस्थ अधिकारी पक्राउ

वैदेशिक रोजगारीका नाममा श्रमिकहरूलाई सङ्गठित रूपमा ठगी गरेको र १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा अपचलन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पूर्व श्रममन्त्रीसहित ६ जना उच्चपदस्थ अधिकारीलाई पक्राउ गरेको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ३ गते ०२:४७
४७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा श्रमिकहरूलाई सङ्गठित रूपमा ठगी गरेको र १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा अपचलन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पूर्व श्रममन्त्रीसहित ६ जना उच्चपदस्थ अधिकारीलाई पक्राउ गरेको छ ।

ब्युरोले आज (मङ्सिर २ गते) एक विज्ञप्ति जारी गर्दै तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवलाई पक्राउ गरिएको जानकारी दिएको हो ।

यस्तै, पक्राउ पर्ने अन्यमा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन सह-सचिवद्वय उमेश ढुङ्गाना र राजिव पोखरेल तथा तत्कालीन उप-सचिव निर्मला गुरुङ रहेका छन् ।

नेपाल र मलेसिया सरकारबीच भएको समझदारी (MoU) विपरीत श्रमिकहरूबाट गैरकानुनी रूपमा असुलिएको ८३ लाख ७० हजार ४३९.९२ अमेरिकी डलर र ३७ लाख १५ हजार ९८०.८० बेलायती पाउन्ड गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार ०२६ रुपैयाँ मलेसिया पठाउने निर्णय गरी देशको अर्थतन्त्रमा नोक्सानी पुर्‍याएको आरोप उनीहरूमाथि छ ।

काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर ज.व.रा. ले जनाएका छन् ।

May be an illustration of text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित