Logo
Logo
समाचार

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट गरिएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १० गते १६:२७
३८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

भद्रपुर (झापा) । झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापा तथा मातहतका कार्यालयले सीमा नाका र चेकपोइन्टमा गस्ती तथा जाँच गर्ने क्रममा रु तीन लाख १६ हजार ५९० मूल्य बराबरका पटका बरामद गरेको हो । बरामद गरिएका पटका स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीय भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पटका ओसारपसारमा प्रयोग गरिएको एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं २ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुजित  विष्टका अनुसार चाडपर्वका समयमा हुन सक्ने चोरीपैठारी तथा अवैध गतिविधि नियन्त्रण गर्न सीमा क्षेत्रमा गस्ती, निगरानी र सवारीसाधन जाँचलाई तीव्रता दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित