तीन जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्वार
नाम्खाको लिमी उपत्यका भ्रमणका लागि गएका जर्मनी देशका तीन जना विदेशीको बिहिवार उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

हुम्ला। केही दिनअघि परेको अविरल वर्षासँगै आएको हिमपातले नाम्खा गाउँपालिका–६ लिमीको हल्जी गाउँमा रोकिएका तीन जना विदेशी पर्यटकको हेलिकप्टरमार्फत उद्वार गरिएको छ।
नाम्खाको लिमी उपत्यका भ्रमणका लागि गएका जर्मनी देशका तीन जना विदेशीको बिहिवार उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। असोज ९ गतेदेखि ११ गतेसम्म परेको हिमपातले सडकमा बाक्लो हिउँ जमेर सडक अवरुद्ध हुँदा लिमीको हल्जी गाउँमा रोकिएका पुरुष फाबियन उर्लिख, जोनास उर्लिख र विल्हेल्म उर्लिखलाई उद्वार गरिएको हो।
हिउँ परेर विदेशी नागरिक आवातजावत गर्न नसक्ने भएपछि बिहिवार दिउँसो उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर खड्काले बताए।
विदेशी नागरिकलाई सिम्रिक एयरको ९ ए–एकेडी हेलिकप्टरमार्फत उद्धार गरिएको उनले बताए। उनीहरुलाई हल्जी बाट उद्वार गरि सिमकोट विमानस्थलमा टेकअप गर्दै सुर्खेत लगिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




