समाचार
तीन दिनसम्म वर्षाको सम्भावना
मनसुन बाहिरिएको ठानेर दंग परेका राजधानीका बासिन्दा अचानक वर्षा भए पछि चिन्तित भएका छन्।
त
तिलिचो न्यूज संवाददाता२०८३ आश्विन २० गते ०३:३६
५७
0
CommentsShares

काठमाडौँ- मनसुन बाहिरिएको ठानेर दंग परेका राजधानीका बासिन्दा अचानक वर्षा भए पछि चिन्तित भएका छन्।
जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना रहेको जनाएको हो। यद्यपि लगातार झरी नपर्ने विभागको भनाइ छ।
आगामी तीन दिनसम्म देशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको तर लामो समयसम्म लगातार झरी नपर्ने मौसमविद् विनु महर्जनले बताएका छन्।
कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव कायम छ।
कोशी, मधेश र बागमती प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




