Logo
Logo
समाचार

टी-२०आई वरियतामा दुई स्थान फड्को मार्दै १४औँ स्थानमा उक्लियो नेपाल

नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अन्तर्राष्ट्रिय वरियतामा दुई स्थान सुधार गर्दै १४औँ स्थानमा उक्लिएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन ९ गते २०:०२
६१
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अन्तर्राष्ट्रिय वरियतामा दुई स्थान सुधार गर्दै १४औँ स्थानमा उक्लिएको छ ।आईसीसीले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक वरियता अनुसार नेपाल दुई स्थान माथि उक्लँदै १४औँ स्थानमा पुगेको हो ।

शुक्रबार जापानको नागोयामा जारी एसियाली खेलकुद अन्तर्गत नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो । त्यही जितपछि भएको वरियता अद्यावधिकमा नेपालको स्थान सुधार भएको हो ।

नेपालले अफगानिस्तानलाई २० ओभरमा ७ विकेट गुमाएर १०२ रनमा रोक्दै १०३ रनको लक्ष्य १७.२ ओभरमै पूरा गरेको थियो । कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिएका थिए भने सन्दीप जोराले ३४ र रोहित पौडेलले अविजित ३३ रन बनाएका थिए।

नेपालले अब समूह चरणको अन्तिम खेलमा शनिबार जापानसँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित