Logo
Logo
समाचार

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल पक्राउ, विदेशी मुद्रा अपचलनको आरोप

ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा अर्याललाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ११ गते ०१:५४
३३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तत्कालीन मुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरेको छ। ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा अर्याललाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

ब्युरोका अनुसार नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा रकम संकलन गरी विदेशी मुद्रा अपचलन गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

समझदारीपत्र र कानुनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गरी देशको अर्थतन्त्रमा प्रतिकूल असर पर्ने निर्णय गरिएको ब्युरोको भनाइ छ।

यस प्रकरणमा १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ बराबरको रकम गैरकानुनी रूपमा संकलन भएको अनुसन्धानबाट खुलेको छ। उक्त रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रही आर्थिक लाभ लिने उद्देश्य राखेको आरोपमा अर्याल पक्राउ परेका हुन्।

ब्युरोका अनुसार काठमाडौं जिल्ला अदालतबाट गत मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएपछि उनलाई मंसिर १० गते पक्राउ गरिएको हो। अर्याल तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवसमेत थिए। उनीमाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित