Logo
Logo
समाचार

टंकसँग छुटेपछि पीडामा अशोक दर्जी, आर्थिक संकटले परिवार धान्न सकस

सानैदेखि एउटा गरिब परिवारको परिवार मा जन्मेर होला, धेरै दुःख कष्ट सहेर आउनु पर्यो। तर म गरिबको छोरा हो भनेर मलाई दुःख छैन, किनभने गरिब हुनु हाम्रो गल्ती हैन। यो त सबैको आफ्नो आफ्नो भाग्य हो। अब यात्रा दिन मेरो कष्टै कष्टमा बित्छ होला, तर म लड्छु, आफैं उड्छु, म आफ्नो कामहरू गर्छु।’

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन ४ गते १८:२६
२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ- बालगायक अशोक दर्जीले आर्थिक चपेटामा परेको गुनासो गरेका छन्। लामो समय गायक तथा संगीतकार टंक बुढाथोकीसँग बसेका उनी केही समयअघि मात्रै अलग्गिएका थिए।

अशोक-टंकको सम्बन्धलाई लिएर चर्चा चलिरहेका बेला अशोकले भने आर्थिक संकटमा परेको बताएका छन्। कुनैबेला सडकमा भौतारहेको बेला सहयोग लिएको सम्झदै अशोकले अहिले सोही अवस्थामा पुगेको बताएका छन्।

‘लाइफमा हार खाएँ, जीतेँ पनि, फेरि लडेँ पनि। मेरो जीवनमा धेरै चिज भयो। आज म सडकको बच्चा सडकमै छु। मेरो यात्रा दिन त्यस्तै नै छ। हार खान सिकेको छैन, आत्म बल छ, लडिराखेको छु। सानो उमेरमा समाजको माया पाएको छु, समाजको मायालाई सधैं संगाल्ने छु, अझै गरेर देखाउनु छ, समाजको लागि।’ उनले दसैँतिहार नजिकिँदै गर्दा खर्चको समस्या भएको सुनाएका छन्।

‘सानैदेखि एउटा गरिब परिवारको परिवार मा जन्मेर होला, धेरै दुःख कष्ट सहेर आउनु पर्यो। तर म गरिबको छोरा हो भनेर मलाई दुःख छैन, किनभने गरिब हुनु हाम्रो गल्ती हैन। यो त सबैको आफ्नो आफ्नो भाग्य हो। अब यात्रा दिन मेरो कष्टै कष्टमा बित्छ होला, तर म लड्छु, आफैं उड्छु, म आफ्नो कामहरू गर्छु।’ उनले सामाजिक सन्जालमा भनेका छन्। आफ्ना गीतलाई साथ दिन अपिल गर्दै जीवनमा गल्ती गरेको भए क्षमा दिन पनि अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित