टनेलभित्र ६ शव फेला, सेनाद्वारा उद्धार जारी

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धार कार्यका क्रममा माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको टनेलभित्र ६ वटा शव फेला परेका छन्।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शुक्रबार दिउँसो १२:५ बजेसम्मको खोज तथा उद्धार अद्यावधिकमा आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीमा अल्झिएको अवस्थामा ती शव फेला पारेको हो।
सेनाले ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरण प्रयोग गरी शवहरू टनेलबाट बाहिर निकालेको जनाएको छ।
निर्देशनालयका अनुसार टनेलभित्र हिलोले पुरिएको अवस्थामा थप शवजस्तो आकृति पनि देखिएकाले उक्त क्षेत्रमा खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




