Logo
Logo
समाचार

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन (४० किलोग्राम) को रु. ८४ हजारका दरले कारोबार भइरहेको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २६ गते २१:५८
६०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

ताप्लेजुङ । ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन (४० किलोग्राम) को रु. ८४ हजारका दरले कारोबार भइरहेको छ ।

चालु सिजनको सुरुआतमा प्रतिमन रु. ९६ हजारसम्ममा कारोबार भएको अलैँचीको मूल्य क्रमश: घटेको छ । एक साताअघि रु. ८८ हजारका दरले कारोबार भएको अलैँचीको मूल्य अहिले घटेर रु. ८४ हजारमा कारोबार भइरहेको व्यवसायीले बताएका छन् ।

नयाँ उत्पादन आउन थालेसँगै मूल्य घट्न थालेको हो । सिजनको सुरुआती समयमा अलैँचीको मूल्य रु. ९६ हजारमा कारोबार भएको थियो ।

अलैँची व्यवसायी बालमणि बरालका अनुसार अहिले ओसिलो क्षेत्रका बगानबाट उत्पादित अलैँची बजारमा आइरहेको छ । उच्च क्षेत्रमा भने अलैँची पाक्न अझै केही समय लाग्ने उनले बताए । “ओसिलो क्षेत्रको अलैँचीले सुरुआती समयमा राम्रो मूल्य पायो । त्यसपछि मूल्यमा उतारचढाव हुँदै अहिले सदरमुकाम फुङलिङमा प्रतिमन रु ८४ हजारमा कारोबार भइरहेको छ,” उनले भने ।

ताप्लेजुङका अधिकांश क्षेत्रमा अलैँचीखेती हुँदै आएको छ । यहाँको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको मूल्यमा हुने परिवर्तनले किसानको आम्दानीमा प्रभाव पार्ने गरेको छ । नयाँ उत्पादन बजारमा आउने क्रम बढेसँगै अलैँचीको मूल्यमा थप उतारचढाव हुनसक्ने व्यवसायीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित