Logo
Logo
समाचार

टाइगर श्राफ गोलीकाण्डका तीन संदिग्ध कोटाबाट पक्राउ, नेपाल भाग्ने योजनाको खुलासा

बलिउड अभिनेता टाइगर श्राफमाथि भएको भनिएको गोली प्रहार घटनामा संलग्न रहेको आशंकामा भारतीय प्रहरीले तीन जनालाई राजस्थानको कोटाबाट पक्राउ गरेको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २ गते २२:४७
११३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । बलिउड अभिनेता टाइगर श्राफमाथि भएको भनिएको गोली प्रहार घटनामा संलग्न रहेको आशंकामा भारतीय प्रहरीले तीन जनालाई राजस्थानको कोटाबाट पक्राउ गरेको छ ।

पक्राउ परेकाहरू नेपालतर्फ भाग्ने तयारीमा रहेको प्रारम्भिक सोधपुछबाट खुलेको प्रहरीले जनाएको छ । राजस्थानको कोटा रेलवे स्टेसनबाट सोमबार बिहान करिब ११ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार तीनै जना दिल्ली हुँदै नेपाल प्रवेश गर्ने योजनामा थिए ।

कोटाका प्रहरी उपरीक्षक (एसपी) तेजस्विनी गौतमका अनुसार पक्राउ परेका व्यक्तिहरूसँग गरिएको प्रारम्भिक सोधपुछका क्रममा उनीहरूको नेपाल भाग्ने योजना सार्वजनिक भएको हो ।

आइतबार साँझ अभिनेता श्राफमाथि गोली प्रहार भएको भनिएको घटनापछि भारतीय प्रहरीले संदिग्धहरूको खोजी तीव्र बनाएको थियो । सोही क्रममा उनीहरू कोटामा पक्राउ परेको बताइएको छ ।

पक्राउ परेकाहरूको घटनामा वास्तविक संलग्नता, आक्रमणको उद्देश्य र सम्भावित योजनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित