Logo
Logo
समाचार

सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री शाहले लिए ब्रिफिङ, समन्वय बढाउन निर्देशन

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मुलुकको पछिल्लो शान्ति-सुरक्षाको अवस्थाबारे तीनवटा सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएका छन्।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १९ गते २१:१६
५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मुलुकको पछिल्लो शान्ति-सुरक्षाको अवस्थाबारे तीनवटा सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएका छन्।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्री शाहले चाडपर्वका समयमा अपनाइएको सुरक्षा व्यवस्था, नागरिकको जीउधनको संरक्षण तथा समग्र सुरक्षा व्यवस्थापनबारे ब्रिफिङ लिएका हुन्।

छलफलमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज कुमार के.सी. र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल सहभागी रहेको उपलब्ध विवरणमा उल्लेख छ।

प्रधानमन्त्री शाहले मुलुकको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको समन्वय सुदृढ गर्न निर्देशन दिएका छन्। सुरक्षा चुनौतीको सामना गर्न निकायहरूबीच नियमित सूचना आदानप्रदान र आपसी सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका हुन्।

नागरिकको जीउधनको सुरक्षामा कुनै कमजोरी हुन नदिन प्रधानमन्त्रीले सुरक्षा प्रमुखहरूको ध्यानाकर्षण गराएका छन्। विशेष गरी चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाउन उनले निर्देशन दिएका छन्।

प्रधानमन्त्री शाहले अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउँदै शान्ति–सुरक्षा व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने बताएका छन्। त्यसका लागि सम्बन्धित सुरक्षा निकायहरूले आआफ्नो जिम्मेवारी निर्वाह गर्दा आपसी समन्वयलाई विशेष महत्त्व दिनुपर्ने उनको भनाइ छ।

चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले यसअघि नै विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको थियो। नागरिकको सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण तथा सुरक्षित आवागमन सुनिश्चित गर्न प्रहरी परिचालन र निगरानीलाई प्राथमिकता दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित