Logo
Logo
समाचार

सुनकोशी मरिणको ठेक्का रद्दसम्बन्धी कागजात ७ दिनभित्र बुझाउन निर्देशन

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ८ गते २०:२१
४४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । संसदीय समितिले सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी सम्पूर्ण कागजात उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ठेक्का रद्दसम्बन्धी उजुरीमाथि छलफल गर्दै ७ दिन भित्र सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको हो ।

सभापति भरतबहादुर खड्काले राष्ट्रसेवक कर्मचारीहरूलाई विधि, प्रक्रिया र प्रणालीभित्र रहेर काम गर्न आग्रह गर्दै आवश्यक कागजातहरू ७ दिनभित्र समितिमा उपलब्ध गराइदिन निर्देशन दिए ।

प्रक्रिया, विधि, पद्धति र प्रणाली लोकतन्त्रका आधारभूत नर्म्स भएकाले यसकै आधारमा अघि बढ्नुपर्ने उनको भनाइ थियो । लेखा समिति अन्य निकायजस्तो अख्तियार वा अदालत नभई यसको आफ्नै निश्चित कार्यक्षेत्र रहेकाले सोहीअनुसार स्वाभाविक रूपमा चासो लिइने खड्काले प्रष्ट्याए ।

बैठकमा जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले विभागीय प्रमुखको हैसियतले प्रचलित कानुन र सार्वजनिक खरिदसम्बन्धी व्यवस्थाको पालना सुनिश्चित गर्ने जिम्मेवारीका साथ आफूले ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय गरेको जिकिर गरे ।

सार्वजनिक खरिद नियमावली संशोधन अनुसार कागजात र मूल्याङ्कनका आधार सच्याउनुपर्ने देखिएपछि प्रचलित कानुनी अवस्थाको पालना तथा भविष्यमा आउन सक्ने कानुनी र प्रक्रियागत जटिलतालाई दृष्टिगत गरी उक्त बोलपत्र रद्द गर्ने निर्णय गरिएको उनको भनाइ थियो ।

प्रचलित कानुनी व्यवस्थाविपरीत हुने सम्भावना रहेको खरिद प्रक्रिया अघि बढाउनुको सट्टा कानुनसम्मत, पारदर्शी र प्रतिस्पर्धात्मक खरिद प्रक्रिया सुनिश्चित गर्नु निर्णयको मूल उद्देश्य रहेको रजौरियाले बताए ।

बैठकमा समिति सदस्यहरुले आर्थिक प्रस्ताव खोल्ने चरणमा ठेक्दा रद्द गर्नुको औचित्यबारे चासो राखेका थिए । कुनै पनि कारणले आयोजना अलपत्र पार्ने काम गर्न नहुने उनीहरूको भनाइ थियो । सांसद मनिष झाले ७ वर्षसम्म परियोजना अन्योलमा रहेको अवस्थामा परियोजना रद्द गरिएमा मधेश आन्दोलनमा उत्रिनुबाहेक अन्य विकल्प नहुने चेतावनी दिए । मधेशमा खेती नै आर्थिक स्रोत रहेकाले त्यसमा खेलबाड वा अल्झाउने काम गर्न नहुने उनको भनाइ थियो ।

त्यस्तै सांसद खुस्बु ओलीले आर्थिक प्रस्ताव खोल्नुअघि नै बोलपत्र रद्द गर्नुपर्ने तत्कालीन कारणका बारेमा आयोजनाले प्रष्ट पार्नुपर्ने माग गर्नुभयो । आर्थिक प्रस्ताव नखोलिकनै राज्यलाई दुई-तीन अर्ब घाटा हुने दाबीका बारेमा पनि उनले प्रश्न गरिन् ।

मध्य तराईमा सिँचाइ सुविधा विस्तार र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध र विद्युत् गृह निर्माणसम्बन्धी ठेक्का रद्द गरिएपछि समितिमा उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित