समाचार
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
त
तिलिचो न्यूज संवाददाता२०८३ भदौ २६ गते १६:३१
३
0
CommentsShares

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ४ हजार ८ सय रुपैयाँ घटेर ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन तोलामा ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २५५ रुपैयाँले घटेर ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार भने चाँदी तोलामा ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




