Logo
Logo
समाचार

सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते

काउडाको दक्षिण र पश्चिममा पर्ने डेबी र लुवैरी क्षेत्रमा सुडान पिपुल्स लिबरेसन मुभमेन्ट–नर्थका लडाकुले गरेको आक्रमणमा महिला तथा बालबालिकासहित २१ जनाभन्दा बढीको मृत्यु

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २० गते १६:५४
३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

सुडान । सुडानको दक्षिण कोर्डोफान राज्यमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

स्वयंसेवी संस्था सुडान डक्टर्स नेटवर्कका अनुसार बिहीबार दिउँसो काउडाको दक्षिण र पश्चिममा पर्ने डेबी र लुवैरी क्षेत्रमा सुडान पिपुल्स लिबरेसन मुभमेन्ट–नर्थका लडाकुले गरेको आक्रमणमा महिला तथा बालबालिकासहित २१ जनाभन्दा बढीको मृत्यु भएको थियो । घटनामा अन्य धेरै घाइते भएका छन् ।

शुक्रबार बिहान भएको अर्को घटनामा डिलिङ सहरमा उक्त समूहका लडाकुले गरेको तोप प्रहारबाट एक बालकसहित पाँच जनाको मृत्यु भएको र अन्य घाइते भएको संस्थाले जनाएको छ ।

सुडान डक्टर्स नेटवर्कले डेबी र लुवैरीमाथिको आक्रमणको निन्दा गर्दै यो अगस्टको अन्त्यमा भएको युद्धविराम सम्झौताको उल्लङ्घन भएको जनाएको छ । संस्थाले सर्वसाधारणलाई लक्षित गरिएको आरोपसमेत लगाएको छ ।

डेबीस्थित एक ग्रामीण अस्पतालका चिकित्सकीय स्रोतले सिन्ह्वालाई दिएको जानकारीअनुसार अस्पतालमा २० भन्दा बढी शव र ११ जना घाइते ल्याइएको थियो । मानवीय अवस्था थप बिग्रने आशंकामा सर्वसाधारणले क्षेत्र छाडिरहेका छन् ।

डिलिङमा रहेका एक प्रत्यक्षदर्शीका अनुसार आवासीय क्षेत्रमा तोपका गोला प्रहार हुँदा करिब पाँच सर्वसाधारणको मृत्यु भएको र सातभन्दा बढी घाइते भएका छन् । लगाइएका आरोपबारे सुडान पिपुल्स लिबरेसन मुभमेन्ट–नर्थले कुनै प्रतिक्रिया दिएको छैन । सन् २०११ मा स्थापना भएको उक्त समूहले दक्षिण कोर्डोफान र ब्लु नाइल राज्यका केही क्षेत्रमा नियन्त्रण कायम गरेको छ ।

सुडानका कोर्डोफान राज्यहरूमा सरकारी सेना तथा अर्धसैनिक र विद्रोही समूहबिच लामो समयदेखि संघर्ष हुँदै आएको छ । सन् २०२३ अप्रिलमा सुरु भएको व्यापक द्वन्द्व अहिले चौथो वर्षमा प्रवेश गरिसकेको छ । यस द्वन्द्वमा हजारौँ मानिसको मृत्यु भइसकेको छ भने लाखौँ मानिस देशभित्र र बाहिर विस्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित