Logo
Logo
समाचार

स्थानीय र प्रदेशको चुनावमा एमालेसँग मिल्ने सहमति भइसक्योः प्रचण्ड

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्थानीय र प्रदेशसभाको निर्वाचनमा एमालेसँग मिलेर जाने सहमति भइसकेको बताएका छन्।

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ७ गते १९:०३
२७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्थानीय र प्रदेशसभाको निर्वाचनमा एमालेसँग मिलेर जाने सहमति भइसकेको बताएका छन्।

आज गोरखा पुगेका प्रचण्डले एमालेसहित सबै कम्युनिस्ट घटकसँग सडक र सदनमा सहकार्य गरेर अघि बढ्ने बताए।

उनले एमालेसहित बाँकी कम्युनिस्टहरूलाई पनि एकताबद्ध गर्ने पहल पनि गरिराखेको बताए।

उनले भने, ‘सहकार्य गर्ने सहमति त भइसकेको छ। एमाले र मसालसँग सदनभित्र र सडकमा मिलेर नै सङ्घर्ष गर्ने सहमति भइसकेको छ। स्थानीय र प्रदेशको निर्वाचनमा पनि मिलेर नै लड्ने भन्ने नीतिगत निर्णय भएको छ।’

सहकार्य मात्रै नभएर पार्टी नै एउटै बनाएर कम्युनिस्ट आन्दोलनको रक्षा, देशको स्वाधीनता र समाजवादको दिशामा अगाडि बढ्नको लागि कम्युनिस्टहरू एउटै केन्द्रमा आउनुपर्छ भनेर आफूहरू निरन्तर संवादमा रहेको बताए।

प्रचण्डले थपे, ‘एमालेका नेताहरूसँग पनि छलफल भइरहेको छ। यद्यपि केपीजीलाई कुरा बुझाउन सजिलो भइराखेको छैन। तर पनि फेरि देशको परिस्थिति बदल्न हामी सहकार्य र एकता गरेर जानुपर्छ भन्नेमा राम्रै कुरा भएको छ।’

हिजो संविधान सभा र शान्ति सम्झौताका सहभागी सबै राजनीतिक शक्ति, कांग्रेस, शेरबहादुर देउवाहरूसँग पनि निरन्तर छलफल भइरहेको बताए।

‘हामी मिलेर नै जानुपर्छ मोर्चा गरेर भन्नेमा विमति छैन। त्यसैगरी मधेश केन्द्रित दलहरूसँग पनि हामी मिलेर संविधान, गणतन्त्र, समावेशिता र सङ्घीयताको रक्षाको निम्ति हामी एक हुनुपर्छ भन्नेमा सकारात्मक दिशामा छलफल गइराखेको छ’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित