Logo
Logo
समाचार

स्थानीय निर्वाचन उम्मेदवार छनोट समितिलाई रास्वपाले दियो पूर्णता, विभाग प्रमुखहरू मनोनीत

शनिबार पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्री विपिन आचार्यको संयोजकत्वमा रहेको केन्द्रीय उम्मेदवार छनोट समितिलाई पूर्णता दिएको हो।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १८ गते ०१:५२
५४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निर्वाचन केन्द्रीय उम्मेदवार छनोट समितिलाई पूर्णता दिएको छ।

शनिबार पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्री विपिन आचार्यको संयोजकत्वमा रहेको केन्द्रीय उम्मेदवार छनोट समितिलाई पूर्णता दिएको हो।

स्थानीय निर्वाचनका लागि गठित केन्द्रीय उम्मेदवार छनोट समितिमा बैठकले ७ सदस्य मनोनीत गरेको प्रवक्ता जगदिश खरेलले जानकारी दिए।

उनका अनुसार समितिमा मिलन लिम्बु, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम, जनकसिंह धामी मनोनीति भएका छन्। त्यस्तै समितिमा सातै प्रदेशका सभापतिहरू पदेन सदस्य रहनेछन्।

बैठकले विभिन्न विभागका प्रमुख तथा उपप्रमुखहरू पनि मनोनीत गरेको छ।

प्रवास सम्पर्क विभागमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा.मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य, सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभागमा रुबिना आचार्य प्रमुख मनोनीत भएका छन्।

त्यस्तै सुशासन तथा राज्य व्यवस्था विभागमा सुदीप ढकाल, विधान, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दीपककुमार साह (महोत्तरी), आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल, विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्ट विभागमा आनन्दबहादुर चन्द, संस्कृति, पर्यटन तथा राष्ट्रि सम्पदा विभागमा डा.धनञ्जय रेग्मी, वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी र सामाजिक न्याय तथा समता प्रवद्र्धन विभागमा रिमा विश्वकर्मा मनोनीत भएका छन्।

अभियान तथा प्रचार विभाग र अर्थ विभागका उपप्रमुखहरूमा क्रमशः आनन्द मिश्र र डिल्लिश्वोर कार्की मनोनीत भएका रास्वपाले जनाएको छ।

त्यस्तै रास्वपाले केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

अभियानतहत आगामी असोज २० देखि २७ गतेसम्म केन्द्रीय सदस्य तथा सांसदहरूले देशभरका ७५३ पालिकासम्म पुगेर जनता, पार्टी तथा सरोकारवालासँग छलफल तथा सुझाव संकलन गर्नेछ। बैठकले यो अभियानमा सबै केन्द्रीय सदस्य तथा सांसदहरूलाई अनिवार्य रूपमा परिचालन हुन निर्देशन दिएको रास्वपाले जनाएको छ।

मधेश प्रदेशको संगठनमा देखिएको समस्या समाधानका सम्बन्धमा सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठित कार्यदलले विस्तृत प्रतिवेदन बैठकमा सभापति रवि लामिछानेलाई बुझाएको छ। प्रतिवेदनको अध्ययनपछि पार्टिले उपयुक्त कदम चाल्ने रास्वपाले जनाएको छ।

पार्टीको केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने भन्दै जमिन÷घर किन्न काठमाडौँ उपत्यकाको पायक पर्ने स्थानमा खोजी गर्न पार्टी सदस्य तथा शुभेच्छुकहरूलाई बैठकले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित