स्थानीय चुनावको तयारीमा केन्द्रित हुँदै एमालेको राष्ट्रिय भेला
नेकपा एमालेले बुधबार सुरु हुने राष्ट्रिय भेलामा स्थानीय तहको निर्वाचनको तयारी र पार्टी सङ्गठन परिचालनलाई प्राथमिकता दिने भएको छ

काठमाडौँ । नेकपा एमालेले बुधबार सुरु हुने राष्ट्रिय भेलामा स्थानीय तहको निर्वाचनको तयारी र पार्टी सङ्गठन परिचालनलाई प्राथमिकता दिने भएको छ । भेलामा ३ हजार ४१४ जना सहभागी हुने एमालेले जनाएको छ ।
पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको स्थायी कमिटी बैठकले भेलाको तयारीबारे छलफल गरेको थियो । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार बैठकमा स्थानीय चुनावका लागि पार्टी सङ्गठनलाई कसरी परिचालन गर्ने भन्ने विषयमा छलफल भएको हो ।
भेलामा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीति, पार्टीको भावी कार्यदिशा र गर्नुपर्ने कामबारे कार्यपत्र प्रस्तुत गर्नेछन् । वरिष्ठ नेता विद्यादेवी भण्डारीले मुलुकका समसामयिक विषय र पार्टीको कार्यभारबारे कार्यपत्र प्रस्तुत गर्ने भट्टले जानकारी दिए ।
स्थायी कमिटीले मंसिर ५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक एक दिन अगाडि सार्ने निर्णय पनि गरेको छ । भट्टका अनुसार केन्द्रीय कमिटी बैठक अब मंसिर ४ गते बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




