स्टाटस डिलिट गर्न अजयबाबुले अस्वीकार गरेको युनियनको दाबी, साइबर ब्यूरोबाट छुटे

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरो बोलाइएका कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटी सोधपुछपछि छुटेका छन् ।
उनले प्रधानमन्त्री र उनी निकटका व्यक्तिबारे सामाजिक सन्जालमा गरेका टिप्पणीबारे प्रहरीले सोधपुछ गरेको थियोे ।
उनीसँगै ब्यूरो गएका नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेलका अनुसार शिवाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहबारे गरेको टिप्पणी डिलिट गर्न दबाब दिइएको थियो ।
तर, शिवाकोटीले उक्त स्टाटस डिलिट नगर्ने, बरु त्यसबापत भोग्नुपर्ने कारबाहीका निम्ति तयार रहेको भनेको उनको दाबी छ ।
प्रहरीले पत्रकार रोशन खड्काका निजी मामिलामा लेखिएको स्टाटसबारे पनि सोधपुछ गरेको थियो ।
उक्त स्टाटस पनि डिलिट वा एडिट नगर्ने अडान उनले लिएको पौडेलले बताए । प्रहरीले ‘विचार गर्नुस् भन्दै घर जान अनुमति दिएको पौडेलको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




