Logo
Logo
समाचार

सिरहाबाट १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद

नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको हो

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १२ गते १६:२१
३२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ– सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको हो।

सशस्त्र प्रहरीका अनुसार,बुधवार राति करिब १२ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हेडक्वार्टर सिरहाअन्तर्गत बीओपी नवराजपुरबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक (सप्रनि) को कमान्डमा रहेको सात सदस्यीय मोटरसाइकल गस्ती टोलीले गाँजा बरामद गरेको हो।

गस्ती टोलीले नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रमा टाउकोमा बोकेर नेपालबाट भारततर्फ लैजाँदै गरिएको अवस्थामा गाँजा फेला पारेको थियो। प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेका व्यक्तिहरू ९ बोरा गाँजा छाडेर फरार भएका थिए।

बरामद गरिएको गाँजा कालो प्लास्टिकमा प्याक गरी बोराभित्र राखिएको अवस्थामा फेला परेको थियो। प्लास्टिकसहित यसको कुल तौल १५२ किलो १६० ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका एसपी सुमन जंग थापाका अनुसार बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित