Logo
Logo
समाचार

सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक, सरकारका गतिविधि र प्रेस स्वतन्त्रता मुख्य एजेन्डा

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको आह्वानमा सरकारका पछिल्ला गतिविधि, प्रेस स्वतन्त्रता र संवैधानिक संस्थाको स्वायत्ततासँग सम्बन्धित विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक सुरु भएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १६ गते २०:०६
४२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको आह्वानमा सरकारका पछिल्ला गतिविधि, प्रेस स्वतन्त्रता र संवैधानिक संस्थाको स्वायत्ततासँग सम्बन्धित विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा संसद्भित्र र बाहिर रहेका विभिन्न राजनीतिक दलका नेताहरू सहभागी छन् ।

काँग्रेसले सरकारको कार्यशैली, पत्रकार पक्राउ तथा सञ्चार गृहमा प्रहरी परिचालनका घटना र संविधान तथा कानुनको शासनसँग सम्बन्धित विषयमा साझा धारणा बनाउन बैठक बोलाएको हो ।

बैठकमा नेकपा एमालेका सचिव तथा संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका नेता वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाल सहभागी छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुश्बु ओलीको पनि सहभागिता रहेको काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारको जवाफदेहिता, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिका, पत्रकारमाथि भएका प्रहरी कारबाही तथा विवादित घटनाका छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषयमा छलफल गर्ने कार्यसूची छ ।

यसअघि सोमबार बिहान बसेको काँग्रेस संसदीय दलको बैठकले पत्रकार पक्राउ र न्यायपालिकासँग जोडिएका विवादको छानबिन गर्न संसदीय विशेष समिति गठनको माग गरेको थियो ।

काँग्रेस संसदीय दलका नेता आङ्देम्बेले पत्रकार पक्राउ तथा सञ्चार गृहमा प्रहरी परिचालनसँग जोडिएका सरकारी गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने बताएका छन् । दोषी देखिएकालाई कानुनबमोजिम कारबाही गर्नुपर्ने र त्यसका लागि संसदीय विशेष समिति आवश्यक रहेको उनको भनाइ छ ।

काँग्रेस संसदीय दलले पछिल्ला सरकारी गतिविधिबाट नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि प्रश्न उठेको निष्कर्ष निकालेको छ । यस विषयमा प्रतिपक्षी दलहरूबीच साझा धारणा बनाएर अघि बढ्ने काँग्रेसको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित