Logo
Logo
समाचार

शिक्षकबाट उद्यमी बने फेन्चु, ड्रागनखेतीबाट राम्रो आम्दानी

आफ्नो रुचि र जाँगरसँगै परिवारको साथ र समर्थनका जगमा कृषिको व्यावसायिकतामा लागेका लामा अहिले हेटौँडाकै एउटा नमुना कृषि उद्यमीका रुपमा परिचित छन्।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २२ गते २२:३५
४९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

हेटौँडा- उपमहानगरपालिका-१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा आजभन्दा १० वर्षअघिसम्म शिक्षण पेसामा आबद्ध थिए।

गणित विषयमा स्नातक तथा योजना व्यवस्थापनमा स्नातकोत्तरसम्म अध्ययन गरेका लामाले मनहरी गाउँपालिका-१ मकरीस्थित बालजीवन ज्योति माध्यमिक विद्यालयमा अध्यापन गरिहँदा उनमा कृषि उद्यमतर्फको रुचि जागेर आयो।

आफ्नो रुचि र जाँगरसँगै परिवारको साथ र समर्थनका जगमा कृषिको व्यावसायिकतामा लागेका लामा अहिले हेटौँडाकै एउटा नमुना कृषि उद्यमीका रुपमा परिचित छन्।

२०७३ देखि बाख्रापालन थालेका उनी ६ वर्षदेखि ड्रागनको खेती गर्दै आएका छन्।

पदमपोखरीमा एमएनएस एग्रो प्रालि सञ्चालन गर्दै उनले त्यसै कम्पनिमार्फत करिब ३० कट्ठा जमिनमा ड्रागनखेती गरिरहेका छन्। त्यस्तै उनले ड्रागनखेतीसँगै विभिन्न अन्तरबाली पनि लगाएका छन्।

उनको फार्ममा करिब १० मेट्रिकटन क्षमताको शीतभण्डार, पोलीहाउस संरचना, सिँचाइ पूर्वाधार तथा मिनीटिलर र ट्र्याक्टरसहितको यान्त्रिकीकरण उपयोग गरिएको छ।

उनले फार्मसँगै कृषि सामग्रीका लागि मिमा सप्लायर्स र पशु स्वास्थ्यका लागि मिमा भेट फार्म पनि सञ्चालन गर्दै आएका छन्।

समाजमा आधुनिक कृषि प्रविधिको विकाससँगै कृषि पर्यटन, रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ सुरुमा बाख्रापालनबाट उनले व्यावसायिकतामा हात हालेका हुन्।

सुरुमा घरमा नै १५ वटा बाख्रा रहेकामा उनले क्रमशः बाख्रा थप्दै १०० वटासम्म बाख्रा पालेको अनुभव सुनाए।

बुबा रत्नकुमार लामाले २०५३ सालदेखि पदमपोखरीमा सञ्चालन गरेको एग्रेभेटले जगाएको कृषिप्रतिको इच्छा, बुबासँगै आमा सुमित्राकुमारीको प्रेरणा र श्रीमती सपनाको निरन्तरको साथ र सहयोगले उनी कृषिका बहुविकल्पलाई अँगाल्ने कृषिउद्यमीका रुपमा परिचित बनेका छन्।

शिक्षण पेसाबाट व्यावसायिक कृषिमा लम्कनका लागि पदमपोखरी चोकमा बुबा रत्नकुमारले सञ्चालन गर्दै आएको एग्रोभेट पसल महत्वपूर्ण माध्यम बन्न पुगेको उनको भनाइ छ।

उक्त एग्रेभेटमा किसान सधैँ आफ्ना समस्या र समाधान खोज्दै आउने र त्यहाँ बस्दा किसानका कुरा सुनेपछि आफूहरू उत्पादनमा लाग्नुपर्छ भन्ने भावना जागृत बनेको उनले अनुभव सुनाए।

नेपाल पूर्ण रूपमा आयातमा निर्भर भएका अवस्थामा उत्पादनमा नलाग्ने हो भने देशमा परिवर्तन आउन नसक्ने ठहरसहित आफू व्यावसायिक कृषिमा होमिएको उनको तर्क छ।

कृषिको व्यावसायिकता तथा उत्पादनमूलक क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोचका साथ बाख्रापालनबाट यस क्षेत्रमा लाँदैगर्दा ड्रागन फलको बजारमा उच्च मूल्य, बोयर बाख्राको उन्नत जात र सयपत्री फूलको बढ्दो माग आदिलाई दृष्टिगत गर्दै यसतर्फ आकर्षित बन्न पुगेको उनले बताए।

ड्रागनबाट व्यावसायिक उत्पादन लिन कम्तीमा पाँच वर्षको धैर्यता चाहिने बताउँदै उनले फल पाक्नेबेला चराचुरंगीले करिब १० प्रतिशतसम्म क्षति पुर्‍याउने, ढुसीजन्य रोगको प्रकोप देखिनेजस्ता विभिन्न समस्या आउने बताए।

आफ्नो फार्ममा चराबाट बचाउन ‘बर्ड नेट’ र फललाई सुरक्षित राख्न ‘ब्यागिङ’को काम गरिएको उनले जानकारी दिए। अन्तरबालीअन्तर्गत मेवा, सयपत्री आदिको समेत उत्पादन गर्दै आएका उनले वार्षिक ड्रागन फलबाट वार्षिक ३० लाख रुपैयाँ बराबरको उत्पादन गरेको छ भने पाँच लाख रुपैयाँ बराबरको मेवा उत्पादन गरेका छन्।

त्यस्तै, उनले वार्षिक एक लाख रुपैयाँसम्मको सयपत्रीको उत्पादन गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित