शिक्षादीप कलेजद्वारा भोटेकोशी बाढी प्रभावितका लागि १२ लाख ५१ हजार सहयोग

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, अध्यक्ष भीम पराजुली, निर्देशकद्वय भूपेन्द्र दाहाल र शंकर भट्टराईसहित विद्यार्थीहरूले सहयोग रकमको भौचर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालालाई हस्तान्तरण गरेका हुन्।
भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएकाले विपद्का बेला मानवीय ऐक्यबद्धता आवश्यक रहेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए।
उनले विपद्का समयमा शिक्षादीप कलेजले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मानवीय सेवामा निरन्तर अग्रसर हुँदै आएको बताए। कलेजले बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




