Logo
Logo
समाज

सेनाले ३४ जनाको जिवित उद्धार गर्‍यो, टनेल खुलाउने यस्तो छ प्रगति

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ १८ गते ०२:२५
६
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीका क्रममा हराएकामध्ये बुधबार ३४ जनाको नेपाली सेनाले उद्धार गरेको छ । योसहित सेनाले हालसम्म हवाई हेलिकप्टरबाट २७३ विदेशीसहित ३ हजार ९२५ जनाको उद्धार गरेको छ  ।

नेपाली सेना द्वारा प्रेषित अपडेटअनुसार रसुवागढी हाइड्रोमा नेपाली सेना तथा आयोजनाको प्रतिनिधि (इन्जिनियर) सहित २७५ मीटरसम्म पुगेर खोजी कार्य भइरहेको छ । त्यसक्रममा एकसाभेटर ड्रप गरी उद्धार कार्यलाई थप तीव्र गराउने तयारी रहेको छ ।

लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोजी कार्य भइरहेको सेनाले उल्लेख गरेको छ ।

चिलिमे हाइड्रोमा माउन्टेन एसोसिएसन र विदेशीसहितको संयुक्त टोली १५० मिटरमा पुगेर टनेल बन्द भएको अवस्थामा फेला परेको र साउण्ड डिटेक्टरबाट मोनिटर गर्ने काम भएको छ ।

अपर त्रिशूली-१ मा टनेलको मुख ढुङ्गाले छेकिएको अवस्थामा रहेकोले भित्र छिर्ने प्रयास भइरहेको अपडेटमा उल्लेख छ। साथै, हाकुबेसीमा २६० मीटर भित्रसम्म पुगेर खोजी कार्य गर्दा हालसम्म केही फेला परेको छैन ।

त्यहाँको मेन टनेलमा २५ मिटर, एसेस टनेल-१ बाट करिब १५० मिटर र एसेस टनेल-२ बाट करिब २० मिटर गएपछि सेनाको टोली २६ मीटर पानी भएको डीसेन्डर बेसिनसम्म पुगेको छ । त्यहाँ अगाडी बन्द अवस्थामा भेटिएको छ ।

त्रिशूली- थ्री एमा नेपाली सेना सहितको ९३ जनाको संयुक्त उद्धार टोलीले ४ वटा स्काभेटर र एक बबक्याटबाट माटो पन्छाई कम्प्रेसर मेसिन ब्रेकर तथा ब्लाष्टिङ्ग कार्य भएको छ ।

त्यसपछि टनेलको आउटलेटमा लेदो भरिएका कारण बोकाडद्वारा माटो फाल्ने काम भएको र अगाडि रहेको चट्टान ब्लाष्टिङ्गको कार्य भइरहेको सेनाले उल्लेख गरेको छ ।

त्रिशूली थ्री बीमा नेपाली सेनाको ६१, गैरसैनिक ३ र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी बोकाटसहित अफिस र क्याम्प एरिया पहिचान तथा खोजी कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

६ दलले पाए राष्ट्रिय दलको मान्यता

६ दलले पाए राष्ट्रिय दलको मान्यता

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित