Logo
Logo
समाचार

सशस्त्रका एआईजी बंशीराज दाहाल निलम्बित, चोलेन्द्रशमशेर पक्राउको सूचना चुहावट गरेको आरोप

निलम्बित एआईजी दाहाल राणाका नातेदार हुन् । गृह मन्त्रालयले दाहाललाई रातारात राणालाई भेट्न जानुपर्ने कारणबारे सोधपुछ गरेको थियो । उनले पारिवारिक व्यक्ति भएका कारण पक्राउ परेको खबर परिवारबाट प्राप्त भएको र भेट्न पुगेको भनेका थिए । यद्यपि राणालाई पक्राउ गर्ने नेपाल प्रहरी नेतृत्वले उक्त सूचनाको चुहावट दाहालबाटै भएको दाबी गर्दै आएको थियो ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २० गते ०२:००
४०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहाल निलम्बित भएका छन् । सुरक्षासम्बन्धी सूचना चुहावटको आरोपमा निलम्बन गरिएको गृह मन्त्रालयस्रोतले जनाएको छ ।

गत साता पक्राउ परेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ गरिएलगत्तै उनी टेकुस्थित प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए । त्यसपछि राणा पक्राउ परेको सूचना बाहिरिएको थियो । मन्त्रालयस्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गरेको हो । त्यसको सूचना गृह मन्त्रालयमार्फत सशस्त्र मुख्यालय पठाएको छ ।

सरकारले पूर्वप्रधानन्यायाधीश राणालाई गोप्य रूपमा पक्राउ गरी सोधपुछ गर्न खोजेको थियोे । ‘विभिन्न मुद्दामा चलखेल गर्दै सरकारलाई अप्ठ्यारोमा पार्न खोजेको’ भन्दै प्रधानमन्त्री सचिवालयको ठाडो निर्देशनमा उनी पक्राउ परेका थिए ।

निलम्बित एआईजी दाहाल राणाका नातेदार हुन् । गृह मन्त्रालयले दाहाललाई रातारात राणालाई भेट्न जानुपर्ने कारणबारे सोधपुछ गरेको थियो । उनले पारिवारिक व्यक्ति भएका कारण पक्राउ परेको खबर परिवारबाट प्राप्त भएको र भेट्न पुगेको भनेका थिए । यद्यपि राणालाई पक्राउ गर्ने नेपाल प्रहरी नेतृत्वले उक्त सूचनाको चुहावट दाहालबाटै भएको दाबी गर्दै आएको थियो ।

दाहाल निलम्बनमा परेको रास्वपाबाट प्रतिनिधिसभा सदस्य रहेका अधिवक्ता यज्ञमणि न्यौपानेले पुष्टि गरेका छन् । ‘अलिक पहिल्यै गर्ने कुरा थियो, विधिसम्मत गर्दा केही ढिला भएको हो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित