Logo
Logo
समाचार

सर्वोच्चद्वारा आइएसपीहरूको रिट खारेज, अर्बौं रूपैयाँ सेवा दस्तुर उठाउने बाटो खुल्यो

सर्वोच्च अदालतले रिट खारेज गरिदिएपछि अब इन्टरनेट सेवा प्रदायकहरूले कर कार्यालयले निर्धारण गरेबमोजिमको टीएससी, सोको जरिवाना र थप दस्तुर अनिवार्य रूपमा बुझाउनुपर्ने भएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन ७ गते ०१:०१
६५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । सर्वोच्च अदालतले नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरूले दायर गरेको रिट निवेदन खारेज गरिदिएको छ ।

अदालतको यस फैसलासँगै सरकारलाई सेवा प्रदायकहरूबाट अर्बौं रूपैयाँ बराबरको दूरसञ्चार सेवा दस्तुर (टीएससी) तथा जरिवाना असुल गर्ने बाटो खुला भएको छ ।

डिस मिडिया नेटवर्क (डिसहोम), क्लासिक टेक, सुबिसु केबलनेट र भायानेट लगायतका इन्टरनेट सेवा प्रदायकहरूले ठूला करदाता कार्यालयले काटेको कर निर्धारण तथा माग पत्रविरुद्ध उत्प्रेषणको आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

अधिवक्ता भेषराज लुईंटेल पक्ष रहेको उक्त मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले सेवा प्रदायकहरूको माग अस्वीकार गरी रिट खारेज गर्ने आदेश सुनाएको हो ।

दूरसञ्चार ऐन, २०५३, नियमावली २०५४ तथा आर्थिक वर्ष २०७५/७६ देखि २०८१/८२ सम्मका आर्थिक ऐनहरूमा इन्टरनेट सेवा प्रदान गरेबापत ग्राहकसँग लिइने शुल्कमा दूरसञ्चार सेवा दस्तुर (टीएससी) लाग्ने स्पष्ट व्यवस्था छ । तर, सेवा प्रदायकहरूले इन्टरनेट सेवा शुल्कलाई कृत्रिम रूपमा टुक्राएर ‘मर्मत सम्भार’ (सपोर्ट एन्ड मेन्टेनेन्स) शीर्षकमा देखाई टीएससी लाग्ने आम्दानीलाई न्यून देखाएको ठूला करदाता कार्यालयको अनुसन्धानले देखाएको थियो ।

बिल बिजकमै सेवा शुल्क घटाएर सरकारलाई प्राप्त हुनुपर्ने राजस्वमा ठूलो नोक्सानी पुर्‍याइएको ठहर गर्दै कर कार्यालयले टीएससी, थप दस्तुर र जरिवानासहित झण्डै ३० अर्ब रूपैयाँ कर निर्धारण गरी भुक्तानीका लागि पत्राचार गरेको थियो ।

कर कार्यालयको उक्त निर्णयविरुद्ध इन्टरनेट कम्पनीहरू सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले रिट खारेज गरिदिएपछि अब इन्टरनेट सेवा प्रदायकहरूले कर कार्यालयले निर्धारण गरेबमोजिमको टीएससी, सोको जरिवाना र थप दस्तुर अनिवार्य रूपमा बुझाउनुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित