Logo
Logo
समाचार

सरकारले तत्काल आईजीपी कार्कीलाई नहटाउनेमा ओली विश्वस्त

सरकारले आफैँ गठन गरेको अध्ययन समितिको काममा हस्तक्षेप गरेर कुनै निर्णय लिने सम्भावना नरहेको उनको भनाइ छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १२ गते १७:३५
४५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरी पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिकी संयोजक एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले तत्काल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट नहटाउने विश्वास व्यक्त गरेकी छन्।

उपसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अध्ययन उपसमितिको प्रतिवेदन आउनुअघि नै सरकारले हस्तक्षेप गर्न नमिल्ने र सरकारले त्यसो नगर्नेमा आफू विश्वस्त रहेको बताएकी हुन्।

ओलीले सञ्चारमाध्यममा आएका समाचार र उपसमितिको बैठकबिच कुनै सम्बन्ध नरहेको दाबी गरिन्। सरकारले आफैँ गठन गरेको अध्ययन समितिको काममा हस्तक्षेप गरेर कुनै निर्णय लिने सम्भावना नरहेको उनको भनाइ छ।

नेपालमा सुरुमै मिडिया ट्रायल गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले सञ्चारमाध्यममा प्रकाशित समाचार र उपसमितिको बैठकको कुनै सरोकार नरहेको स्पष्ट पारिन्। ओलीले भनिन्, ‘नेपालमा सुरुमै मिडिया ट्रायल गर्ने प्रवृत्ति छ। तर त्यो समाचार र हाम्रो बैठकको कुनै सरोकार छैन। यो पूर्वनिर्धारित बैठक थियो। सरकारले अध्ययन गर्ने जिम्मेवारी दिएर अध्ययन समिति गठन गरिसकेकाले आफैँ हस्तक्षेप गरेर निर्णय गर्छ जस्तो मलाई लाग्दैन। आधिकारिक रूपमा नआएकाले मैले यसमा विशेष टिप्पणी गर्न चाहिनँ।’

अध्ययन अनुसन्धानअघि नै निष्कर्षमा पुग्नु न्यायसङ्गत नहुने ओलीको भनाइ छ। उपसमितिले निर्वाचन पोसाकसम्बन्धी अध्ययनका क्रममा कुनै पनि व्यक्ति वा पक्षलाई दोषी ठहर गर्ने वा उन्मुक्ति दिने पूर्वधारणाबाट मुक्त भएर निष्पक्ष अध्ययन गर्ने उनले बताइन्।

अध्ययनबाट प्राप्त तथ्य र प्रमाणका आधारमा प्रतिवेदन तयार गरिने उनले उल्लेख गरिन्। अध्ययन प्रारम्भिक चरणमै रहेको र दसैँका कारण बिचमा लामो समय बित्दा अपेक्षित प्रगति हुन नसके पनि सदस्यहरूले व्यक्तिगत रूपमा अध्ययन जारी राखेको उनले जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित