Logo
Logo
अर्थतन्त्र

सरकारले दुरुपयोग गर्दैन भनेर जनताले पैसा ओइर्याएका छन्, छिटो निकासा गरौं : अर्थमन्त्री

प्रक्रियालाई धेरै प्रशासनिकरण गर्दा ढिलाइ भइरहेको छ

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ १५ गते २०:४३
९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री राहत कोषमा भएको पैसा छिटो प्रभावित क्षेत्रमा पठाउन निर्देशन दिएका छन् । जनताले विश्वास गरेर हालेको पैसाको पूर्ण सदुपयोग हुनुपर्नेमा उनले जोड दिए ।

आज आयोजित एक छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले प्रक्रियालाई धेरै प्रशासनिकरण गर्दा ढिलाइ भइरहेको उल्लेख गरे ।

उनले भने, ‘प्रभावित क्षेत्रका पालिकालाई रकम दिने कुरामा यो निकायबाट त्यो निकाय गर्दै धेरै प्रशासनिकीकरण हुँदा ढिलाइ भएको छ । हामीसँग कार्यविधि छ, संयन्त्र छ । कानूनले नमिल्ने गर्न मिलेन । मिल्ने कुरामा छिटो गरौं । मेयरबाट, सीडीओबाट त्यसलाई औपचारिकता दिने काम गर्दै गर्नुहोला, पैसा चाहीँ पठाइहालौं ।’

जनतामा राहत कोषमा पैसा थुप्रिएको तर प्रभावित क्षेत्रमा पुग्न नसकेको धारणा बनिरहेको उनले बताए ।

‘पब्लिक पर्सेप्सन के छ भने राहत कोषमा पैसा थुप्रिरहेको छ, यहाँ पैसा भएन भन्ने छ । हामीले अर्थको संयन्त्रबाट पठाइसकेका छौं । यसलाई उद्दार कोषबाटै पठाउँदा राम्रो सन्देश जान्छ । सरकारले दुरुपयोग गर्दैन र हाम्रो पैसा सम्बन्धित ठाउँमा जान्छ भनेर पैसा ओइरिएको छ । त्यसैले यसमा ढिलाइ नगरौं ।’ उनले भने ।

अर्थमन्त्रीले पैसा निकासाको विषयमा आजै काम गर्न मुख्य सचिवलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित