सरकारलाई रास्वपाले भन्यो- खोज, उद्धार र राहतकाे कामलाई प्रभावकारी बनाइयोस्
बेपत्ता, उद्धार भएका र मृतकको प्रमाणित विवरण नियमित रूपमा प्रभावित वडा तहसम्म पुग्ने गरी प्रेषित गर्न र विपद्मा फसेको र पीडित परिवारलाई प्रत्यक्ष सूचना उपलब्ध गराउने व्यवस्था गर्न सके उचित हुने थियो। संयन्त्र, उपकरण र दक्ष जनशक्तिको व्यवस्थासहित खोज उद्धार कार्यलाई अझ तीव्र बनाइयोस्।’

काठमाडौं । रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सरकारबाट भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका काम भइरहेको बताएका छन्। महाविपद्को क्षति ठूलो भएकोले अझै काम प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘जनशक्ति, उपकरण र स्रोत साधनसहित परिचालन गर्न आवश्यक देखिएको छ। बेपत्ता, उद्धार भएका र मृतकको प्रमाणित विवरण नियमित रूपमा प्रभावित वडा तहसम्म पुग्ने गरी प्रेषित गर्न र विपद्मा फसेको र पीडित परिवारलाई प्रत्यक्ष सूचना उपलब्ध गराउने व्यवस्था गर्न सके उचित हुने थियो। संयन्त्र, उपकरण र दक्ष जनशक्तिको व्यवस्थासहित खोज उद्धार कार्यलाई अझ तीव्र बनाइयोस्।’
भेटिएका शवहरूको तत्काल डिएनए परीक्षण र पहिचान गर्न थप जनशक्ति, उपकरण र स्रोत साधनसहित प्रभावकारी पहल गर्न माग गरे।
उनले भने, ‘विपद् पश्चात्को पुनर्निर्माण सम्बन्धमा आगामी दिनमा बाढी पहिरो जस्ता जोखिमयुक्त क्षेत्रमा बस्ती, सार्वजनिक कार्यालय, संरचना निर्माण नगरियोस्।’
उनले जोखिमयुक्त क्षेत्रमा आवश्यक जनचेतना सिर्जना गर्न माग गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




