समाचार
सरकार अधिनायकवादतर्फ उन्मुख भएको एमाले सांसदको आरोप
किशोर श्रेष्ठलाई तत्काल छाड्न माग
त
तिलिचो न्यूज२०८३ भदौ १ गते १९:३८
0
CommentsShares

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले पत्रकारलाई लेख्न पाउने अधिकारबाट वञ्चित गरेको बताए ।
उनले भने, ‘लोकतन्त्रको विकल्प लोकतन्त्रै हो । सबै मानिसले बोल्ने, लेख्ने, सभा, सङ्गठन गर्ने एउटा अधिकार हुन्छ । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको छ। घरमा खनतलासी गरियो, छोराछोरीको ल्यापटप पनि लगियो ।’
उनले सरकारले जनताको जीउधनको सुरक्षा गर्नुपर्नेमा उल्टै पत्रकारहरूलाई थुन्ने काम केन्द्रित भएको बताए । उनले श्रेष्ठलाई तत्काल रिहाइ गर्न माग गरे।
ग्यास अभावको कारणले जनजीवन प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




