समाचार
सप्तकोशीमा ३१ ढोका खुला, उच्च खतराको संकेत
त
तिलिचो न्यूज संवाददाता२०८३ आश्विन ९ गते २०:१४
५७
0
CommentsShares

सुनसरी । सप्तकोशी नदीको जल सतह
निरन्तर बढेपछि ब्यारेजका ३१ ढोका खोलिएका छन् ।
त्यहाँ अपराह्न २:१५ सम्म २ लाख ४० हजार ५५५ क्युसेक पानी मापन भएको छ । यो उच्च खतराको संकेत हो ।
बाढी पूर्वानुमान महाशाखाले चतारामा बाढी बढ्दो क्रममा रहेकोले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
कोशी परियोजनाका अनुसार पानीको मात्रा बढेसँगै भारतको विहार क्षेत्र पनि जोखिममा परेको छ । नेपालतर्फबाट जति बढी ढोका खोलिन्छ, विहारमा त्यति नै जोखिम बढ्छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




