Logo
Logo
समाचार

‘संविधान संशोधन संसदीय गणितमा सीमित हुनु हुँदैन ‘: विश्वप्रकाश शर्मा

नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनलाई संसद्को सङ्ख्यात्मक समीकरण वा सत्ता र प्रतिपक्षको चाहनामा मात्र सीमित गर्न नहुने बताएका छन्।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १८ गते २३:३४
११
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनलाई संसद्को सङ्ख्यात्मक समीकरण वा सत्ता र प्रतिपक्षको चाहनामा मात्र सीमित गर्न नहुने बताएका छन्। 

संशोधन राष्ट्रिय एकता र नागरिकको भावनासँग जोडिएको विषय भएकाले व्यापक चिन्तन आवश्यक रहेको उनको भनाइ छ।

काठमाडौँको खुलामञ्चमा आयोजित काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै शर्माले सरकारले संविधान संशोधनको प्रक्रिया व्यवस्थित र परिपक्व ढङ्गले अघि बढाए साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘संविधान संशोधनको विषय सत्ता र प्रतिपक्षको चाहनाको मात्रै विषय बन्नु हुँदैन । संविधान संशोधनको विषय गणितको विषय मात्रै बन्न हुँदैन,’ उनले भनेका छन्।

राष्ट्रिय एकता र नागरिकको भावनालाई आधार बनाउन आग्रह||
शर्माले संविधान संशोधन गर्दा संसदीय गणितसँगै समग्र राष्ट्रिय एकता र नागरिकको भावनालाई ध्यान दिन सरकारलाई आग्रह गरेका छन्। संविधानले परिकल्पना गरे अनुसारको मुल्यांकनका आधारमा संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन्।

उनले संशोधनका क्रममा जेन जेड आन्दोलनको मर्म र भावना, मधेश आन्दोलन तथा विभिन्न समुदाय र भूगोलबाट उठेका मागलाई पनि सम्बोधन गर्नुपर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित