समाचार
संविधान दिवसका अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना, झाँकीसहितका कार्यक्रम
संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा भव्य र विशेष समारोह शुरु भएको छ ।
त
तिलिचो न्यूज संवाददाता२०८३ आश्विन ३ गते १५:००
३
0
CommentsShares

काठमाडौँ- संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा भव्य र विशेष समारोह शुरु भएको छ ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका प्रमुखहरू, विशिष्ट पदाधिकारीहरू तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू उपस्थित छन् ।
समारोहमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विभिन्न सांस्कृतिक झाँकी टोलीहरूले कवाज तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्ने छन् ।
संविधान दिवसको अवसरमा देशभर तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




