संसद् खुला छैन, दलभित्र पनि खुल्लामञ्च चाहिएको छ : गगन थापा
उनले भने, ‘कांग्रेसको महाधिवेशनको स्थल खुलामञ्च बनाएर कांग्रेसले दिन खोजेको सन्देश र गर्न खोजेको सङ्कल्प नेपालमा यस्ता खुलामञ्चहरू धेरै ठाउँमा चाहिएको छ । पहिलो खुलामञ्च कहाँ चाहिएको छ ? पहिलो खुलामञ्च संसदभित्र चाहिएको छ । संसद् खुला छैन, संसद् बन्द छ । जुन संसद्ले जसलाई प्रधानमन्त्री बनाउनु भएको छ, प्रधानमन्त्रीको सम्मानपूर्वक उपस्थिति रहँदैन, त्यो दिनसम्म संसद् खुला भएको हुँदैन । संसदभित्र खुलामञ्च चाहिएको छ ।’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले संसद् खुला नभएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएसम्म संसद् खुला नहुने तर्क गरे ।
उनले भने, ‘कांग्रेसको महाधिवेशनको स्थल खुलामञ्च बनाएर कांग्रेसले दिन खोजेको सन्देश र गर्न खोजेको सङ्कल्प नेपालमा यस्ता खुलामञ्चहरू धेरै ठाउँमा चाहिएको छ । पहिलो खुलामञ्च कहाँ चाहिएको छ ? पहिलो खुलामञ्च संसदभित्र चाहिएको छ । संसद् खुला छैन, संसद् बन्द छ । जुन संसद्ले जसलाई प्रधानमन्त्री बनाउनु भएको छ, प्रधानमन्त्रीको सम्मानपूर्वक उपस्थिति रहँदैन, त्यो दिनसम्म संसद् खुला भएको हुँदैन । संसदभित्र खुलामञ्च चाहिएको छ ।’
समुदायको बिचमा खुलामञ्च चाहिएको बताए । उनले थपे, ‘जहाँ पहाडका मानिसले मधेसको बारेमा कुरा गर्ने होइन, जहाँ पहाडका मानिसले मधेससँग संवाद गरोस् । एउटा जातले अर्को जातको, एउटा धर्मले अर्को धर्मको बारेमा होइन, एउटा जातले अर्को जात, एउटा धर्मले अर्को धर्मसँग संवाद गरोस् । अनि एउटा पुस्ताले अर्को पुस्ताका बारेमा फैसला सुनाउने होइन, एउटा पुस्ताले अर्को पुस्तासँग संवाद गरोस् । त्यो खुलामञ्च चाहिएको छ । राज्य र नागरिकका बिचमा खुलामञ्च चाहिएको छ ।’
आफ्नो नेतालाई प्रश्न गर्दै गर्दा सदस्यताबाट ननिकाल्ने खुलामञ्च दलभित्र पनि चाहिएको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!