Logo
Logo
समाचार

‘सहकारीको रकमको जिम्मेवारी मेरो हो, रवि र छविलाई नजोडियोस्’ : जीबी राई

लामो समयदेखि फरार रहेका जीबी राईले सार्वजनिक गरेको नयाँ वक्तव्यमा गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको रकमको जिम्मेवारी आफूले लिने बताएका छन्।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १ गते ००:२४
४६
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । सहकारीको बचत रकम अपचलन प्रकरणमा लामो समयदेखि फरार रहेका जीबी राईले सार्वजनिक गरेको नयाँ वक्तव्यमा गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको रकमको जिम्मेवारी आफूले लिने बताएका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई उक्त प्रकरणमा अनावश्यक रूपमा जोड्न नहुने दाबी गरेका छन्।

अज्ञात स्थलबाट वक्तव्य जारी गर्दै राईले गोर्खा मिडिया नेटवर्क आफ्नो स्वामित्वमा रहेको र सम्बन्धित सहकारीसँगको आर्थिक दायित्व पनि आफ्नै भएको उल्लेख गरेका छन्। रकमको व्यवस्थापन र बचतकर्ताको पैसा फिर्ता गर्ने जिम्मेवारीबाट आफू पन्छिन नखोजेको उनको भनाइ छ।

गोर्खा मिडिया नेटवर्कमा भएको कारोबारलाई लिएर अन्य व्यक्तिमाथि दोष थोपर्नुभन्दा वास्तविक जिम्मेवार पक्ष पहिचान गर्नुपर्ने तर्क गर्दै उनले कर्मचारीले अभिलेख राख्ने क्रममा नाम वा कागजात प्रयोग गर्दा त्रुटि अथवा दुरुपयोग भएको हुन सक्ने बताएका छन्। यस्ता विषयलाई आधार बनाएर सम्बन्धित व्यक्तिलाई आर्थिक अनियमिततामा जोड्नु उचित नहुने उनको दाबी छ।

सहकारीको रकम अपचलन प्रकरणमा फरार रहेका राईको पछिल्लो वक्तव्यले रकम फिर्ता गर्ने प्रतिबद्धता र अन्य व्यक्तिलाई प्रकरणबाट अलग राख्नुपर्ने उनको मागलाई फेरि चर्चामा ल्याएको छ। तर, बचतकर्ताले गुमाएको रकम वास्तवमै कहिले र कुन माध्यमबाट फिर्ता पाउँछन् भन्ने प्रश्न भने अझै अनुत्तरित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित