समाचार
सदन सुरु हुनुअघि सभामुखलाई भेटेर आङ्देम्बले के भने ?
आङ्देम्बेले सभामुखलाई बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय संसदीय समिति गठनबारे पनि ध्यानाकर्षण गराएका छन्।
त
तिलिचो न्यूज संवाददाता२०८३ भदौ ३० गते १७:२८
२
0
CommentsShares

काठमाडौं । सभामुख डीपी अर्याल र विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेबीच भेटवार्ता भएको छ। प्रतिनिधि सभा बैठक सुरु हुनुअघि नेता आङ्देम्बेले सभामुख अर्यालसँग भेट गरेका हुन्।
भेटका क्रममा समसामयिक राजनीतिक विषय तथा प्रतिनिधि सभाका गतिविधिबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
आङ्देम्बेले सभामुखलाई बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय संसदीय समिति गठनबारे पनि ध्यानाकर्षण गराएका छन्। संसद्ले नै उच्चस्तरीय समिति गठन गर्नको पहल गर्नुपर्ने आङ्देम्बेको भनाइ थियो।
सभामुखलाई आङ्देम्बेले प्रश्नोत्तर कार्यक्रम सुरु गर्न ध्यानाकर्षण गराएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




