Logo
Logo
समाचार

सडक आन्दोलन र स्थानीय निर्वाचनमा एमालेसँग मिलेर जान्छौँ : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टहरूसँग सहकार्य गर्ने बताएका छन्।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १७ गते २२:३८
६०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टहरूसँग सहकार्य गर्ने बताएका छन्। नेकपाको काभ्रे जिल्लाको एकता बैठकलाई सम्बोधन गर्दै विचार मिल्नेहरूसँग पार्टी एकता गरेर जाने निर्णय पार्टीले गरेको जानकारी गराए ।

उनले भने, ‘केन्द्रीय कार्यसंयोजन समितिको बैठकको सर्वसम्मत निर्णय कार्यान्वयन गराउनको लागि नै हामीले एमाले र नेकपा मसालसँग कार्यगत एकता सुरु गरेका छौँ । सातै प्रदेशमा आवश्यकता अनुसार सरकारमा सहभागी भएका छौँ।’

आगामी दिनमा सदन र सडकको सङ्घर्षमा सहकार्यमा सहकार्य गर्दै जानुपर्ने बताए । उनले थपे, ‘आउने दिनमा सडक आन्दोलन, सदनभित्रको बहस छलफलमा, स्थानीय र प्रदेशसभाको निर्वाचनमा पनि यो सहकार्यलाई सुदृढ गर्दै जानुपर्छ ।’

आगामी महाधिवेशनले पार्टी संगठनलाई चुस्त बनाउने र युवाहरूको सहभागिता सुनिश्चित गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित