Logo
Logo
समाचार

सचिव बढुवाका लागि बिनोद कुँवरको नाम एकल सिफारिस

रिक्त सचिव पदका लागि श्रीकृष्ण नेपाल, नारायणप्रसाद भट्ट र कुँवर क्रमश: पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका थिए।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २४ गते १८:३२
८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेपाल सरकारको रिक्त सचिव (विशिष्ट श्रेणी) पदमा बढुवाका लागि वरिष्ठ सहसचिव बिनोद बहादुर कुँवरको नाम एकल सिफारिस भएको छ।

बुधबार बिहान बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले ज्येष्ठताका आधारमा हुने २० प्रतिशततर्फबाट कुँवरको नाम सचिव बढुवाका लागि एकल सिफारिस गरेको हो।

कुँवर पछिल्लो समय सचिव बढुवाका लागि हुँदै आएका सिफारिसमा समेत लगातार पर्दै आएका थिए। गत १५ भदौमा रिक्त सचिव पदका लागि श्रीकृष्ण नेपाल, नारायणप्रसाद भट्ट र कुँवर क्रमश: पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका थिए।

पहिलो नम्बरमा रहेका नेपाल ५८ वर्षे उमेर हदका कारण सचिवमा बढुवा हुनुअघि नै अनिवार्य अवकाशमा गएपछि सिफारिसको क्रम फेरिएको थियो। त्यसपछि भट्ट पहिलो, कुँवर दोस्रो र उत्तरकुमार खत्री तेस्रो नम्बरमा सिफारिस भएका थिए।

उक्त सिफारिसबाट सरकारले पहिलो नम्बरमा रहेका भट्टलाई सचिवमा बढुवा गरी कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरेको थियो। त्यसपछि पनि सचिव बढुवाको क्रममा रहेका कुँवर यसपटक भने २० प्रतिशततर्फबाट एकल सिफारिसमा परेका हुन्।

निजामती सेवा ऐनअनुसार रिक्त सचिव पदमध्ये ८० प्रतिशत पदमा कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा समितिले उपलब्ध भएसम्म तीन जना उम्मेदवारको नाम सिफारिस गर्ने व्यवस्था छ। बाँकी २० प्रतिशत पदमा भने तोकिएको कार्यसम्पादन मूल्याङ्कनको मापदण्ड पूरा गरेका सम्बन्धित सेवाका ज्येष्ठ सहसचिवमध्येबाट एक जनाको नाम सिफारिस हुने व्यवस्था छ।

कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत) का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता (२० प्रतिशत) बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुशार यस पटक कुँवरको एकल सिफारिसमा परेको हो ।

अब बढुवा समितिको सिफारिस मन्त्रिपरिषदमा पेस हुनेछ। मन्त्रिपरिषद्ले बढुवाको निर्णय गरेसँगै कुँवर नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव बन्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित