Logo
Logo
समाचार

साउदीलाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा

नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङविरुद्ध खेल्ने

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २१ गते १७:५५
१
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं। नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा साउदी अरेबियालाई ५ विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।

साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।

ईशान पाण्डेले ४०, देव खनालले ३९, गुल्शन झा ४४ तथा रोहित पौडेल २४ रनमा अविजित रहे । यस्तै, आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रन जोडे ।

बलिङतर्फ साउदीका इश्तियाक अहमद र मुहम्मद आतिफले दुई–दुई तथा मोहम्मद शेखले एक विकेट लिए ।

त्यसअघि मलेसियाको क्लालाम्पुरस्थित वायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भयो ।

उसका लागि ओपनिङ ब्याट्सम्यान अब्दुल वाहिदले ८९ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ७७ रनको योगदान दिए । यस्तै, मुहम्मद आतिफले ३० र मोहम्मद हिशाम शेखले २८ रन बनाए ।

नेपालका लागि बलिङतर्फ कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए ।

ललित राजवंशीले २ तथा गुल्शन झा र शेर मल्लले १–१ विकेट लिए ।

नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले हराएको थियो ।

नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङविरुद्ध खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित