Logo
Logo
समाज

साउदीको तेल प्रशोधन क्षेत्रमा हुथीको आक्रमणबाट नेपालीसहित दुई जनाको मृत्यु

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक ५ गते १४:४२
३०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको तेल क्षेत्रमा हुथी विद्रोहीको ड्रोन अवरोध गरी खसालिएपछि त्यसको अवशेष लागेर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

साउदी अरबको ऊर्जा मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार सरकारी तेल कम्पनी साउदी अराम्कोको सञ्चालनमा रहेको शैबह तेल क्षेत्रमा उक्त घटना भएको हो ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा नेपाली र फिलिपिन्सका नागरिक रहेका छन् । घाइते हुनेमा पाकिस्तानी र भारतीय नागरिक छन् ।

ड्रोनको अवशेष खस्दा तेल क्षेत्रमा काम गर्ने ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागीसमेत भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

इरानसमर्थित हुथी विद्रोहीले पछिल्लो समय साउदी अरबका विमानस्थल र तेलसम्बन्धी पूर्वाधारलाई लक्षित गरी पटक–पटक आक्रमण गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

६ दलले पाए राष्ट्रिय दलको मान्यता

६ दलले पाए राष्ट्रिय दलको मान्यता

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित