सामाजिक सञ्जालमा गालीगलौज गर्ने रास्वपा कार्यकर्ताको ‘पुस्तिका’ छापेर घरघरमा बाँड्ने एमालेको घोषणा
सामाजिक सञ्जालमा प्रयोग भइरहेका शब्दहरूप्रति आपत्ति जनाउँदै अध्यक्ष गुरुङले भने, ‘अहिले सामाजिक सञ्जालमा हेर्ने हो भने ८० प्रतिशत राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक, बालेन शाहका समर्थकहरूले पचाउन नसकिने र असाध्यै अमर्यादित शब्दहरू प्रयोग गरिरहेको देख्न सकिन्छ।’

रूपन्देही। नेकपा (एमाले) बाँकेले सामाजिक सञ्जालमा हुने गरेको गालीगलौज र भ्रामक टिप्पणीविरुद्ध नयाँ अभियान सञ्चालन गर्ने भएको छ।
एमाले बाँकेले सामाजिक सञ्जालमा चरित्र हत्या तथा गालीगलौजमा संलग्न व्यक्ति र तिनका टिप्पणीहरूको स्क्रिनसट सङ्कलन गरी पुस्तिका (बुक) प्रकाशन गर्ने र उनीहरूकै घर(घरमा पुर्याउने घोषणा गरेको हो।
एमाले बाँकेका अध्यक्ष निरक गुरुङले पत्रकार सम्मेलन नै गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र अन्य क्षेत्रका समर्थकहरूले सामाजिक सञ्जालको अत्यधिक दुरुपयोग गरेको आरोप लगाए।
सामाजिक सञ्जालमा प्रयोग भइरहेका शब्दहरूप्रति आपत्ति जनाउँदै अध्यक्ष गुरुङले भने, ‘अहिले सामाजिक सञ्जालमा हेर्ने हो भने ८० प्रतिशत राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक, बालेन शाहका समर्थकहरूले पचाउन नसकिने र असाध्यै अमर्यादित शब्दहरू प्रयोग गरिरहेको देख्न सकिन्छ।’
उनले राजनीतिक तथा सामाजिक मर्यादा कायम राख्नका लागि पनि यस्तो कदम चाल्नुपरेको दाबी गरे। रास्वपा कार्यकर्ताहरूले लक्षित रूपमा चरित्र हत्या गर्ने काम गरेको आरोप लगाउँदै गुरुङले अगाडि भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले यो सामाजिक सञ्जालमा जुन चरित्र हत्या गरेर मान्छेहरूलाई अपमान गर्ने काम गरेका छन्, त्यसको स्क्रिनसट गरेर एउटा पुस्तिका ९बुक० तयार पार्ने निर्णय हामीले गरेका छौँ।’
एमालेले सञ्चालन गर्ने जागरण अभियानका क्रममा पुस्तिका नागरिकका घरसम्म पुर्याइने बताइएको छ। ‘यो जागरण अभियानमा हामी घरदैलोमा जाँदाखेरि सबै बाँकेवासी सचेत नागरिकहरूलाई त्यो बुक दिनेछौँ। विशेष गरेर जस(जसले सामाजिक सञ्जालमा यस्ता अमर्यादित टिप्पणी गरेका छन्, तिनको घरमा पनि हामी एक(एक वटा पुस्तिका पुर्याउनेछौँ,’ अध्यक्ष गुरुङले भने।
राजनीतिक दल र तिनका कार्यकर्ताहरूको दायित्व समाजलाई नैतिकवान् बनाउनु रहेको उल्लेख गर्दै उनले यस अभियानमा सचेत नागरिक र बुद्धिजीवी वर्गको साथ रहने विश्वास व्यक्त गरे।
गालीगलौज र अराजकता नियन्त्रण गरी समाजलाई मर्यादित बनाउनका लागि जिल्ला कमिटीले यो निर्णय लिएको जानकारी गराउँदै अध्यक्ष गुरुङले भने, ‘हामीले यो समाजलाई मर्यादित र नैतिकवान् बनाउने काम राजनीति कार्यकर्ताको पनि भएको हुनाले सही, सचेत नागरिक र बुद्धिजीवीहरू यो कुरामा गोलबद्ध हुनुपर्छ। बाँके जिल्लाले यो निर्णय गरेको हुनाले आज हामीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हौँ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




