Logo
Logo
समाचार

साइबर ठगी नियन्त्रण गर्न बैंक तथा वालेटलाई २४सै घण्टा उपलब्ध हुने ‘सम्पर्क अधिकृत’ तोक्न राष्ट्र बैंकको निर्देशन

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै विकास बैंक, वित्त कम्पनी (फाइनान्स), भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकहरूलाई उक्त निर्देशन दिएको हो ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २० गते ०२:४८
४०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । पछिल्लो समय बढ्दै गएको अनलाइन तथा वित्तीय साइबर ठगी नियन्त्रणका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूलाई २४ सै घण्टा उपलब्ध हुने गरी ‘सम्पर्क अधिकृत’ तोक्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै विकास बैंक, वित्त कम्पनी (फाइनान्स), भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकहरूलाई उक्त निर्देशन दिएको हो ।

नेपाल सरकार, गृह मन्त्रालयको निर्णयानुसार स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको स्थापना र कार्य सञ्चालन सम्बन्धी दिग्दर्शन’ अनुसार नेपाल प्रहरीको साइबर ब्युरोसँग समन्वय र सहकार्य गर्न उक्त जनशक्ति माग गरिएको राष्ट्र बैंकले जनाएको छ ।

उक्त केन्द्रमा वाणिज्य बैंकहरू, ई–सेवा र खल्ती भौतिक रूपमै समन्वयमा रहने भएकाले तीबाहेकका विकास बैंक, वित्त कम्पनी तथा अन्य भुक्तानी सेवा प्रदायकहरूबाट समन्वयका लागि सम्पर्क अधिकृत तोक्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले सम्बन्धित संस्थाहरूलाई साइबर अपराध अनुसन्धान र तत्काल प्रतिकार्यका लागि २४सै घण्टा उपलब्ध हुने सम्पर्क अधिकृतको नाम, थर, फोन नम्बर र कार्यालयको इमेल ठेगाना विभागको आधिकारिक इमेलमा तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ ।

डिजिटल भुक्तानी प्रणालीको विस्तारसँगै बढ्दो अनलाइन ठगी, खाता ह्याकिङ तथा अवैध रकम ओसारपसारका घटनामा तत्काल कारबाही गर्न र पीडितको रकम रोक्का तथा फिर्ता प्रक्रियालाई सहज बनाउन प्रहरी र वित्तीय क्षेत्रबीच यो समन्वय संयन्त्र बनाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित