Logo
Logo
समाचार

साइबर ब्यूरोमा सहमति: खेम सेन्चुरीको गीतबाट ‘बंगुरको मासु..’ शब्द हट्ने

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १४ गते १९:३८
१४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । गायक खेम सेन्चुरी र हिन्दूवादी समूहबीच सहमति जुटेको छ । आफ्नो गीतबाट विवादित विषयवस्तु हटाउन सेन्चुरी तयार बनेका छन् ।

सेन्चुरीको रचना, संगीत र स्वर रहेको ‘बाहुनबाजे’ बोलको गीतविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो । हिन्दुवादी अभियन्ताहरूले उजुरी गरेपश्चात् ब्यूरोले हिजो दुवै पक्षलाई बोलाएर छलफल गरायो । हिजोको छलफल निष्कर्षमा पुग्न नसकेपछि आज पनि बोलाइएको थियो । आज भने सहमति जुटेको छ ।

सेन्चुरीले आफ्नो गीत सम्पादन गर्न लिखित प्रतिबद्धता जनाएका छन् । दुवै पक्षबीच हस्ताक्षर भएको सहमति पत्रमा गीतमा रहेको ‘खान्छौ कि खान्नौ बंगुरको मासु लौ खाऊ न त सुंगुरको मासु’ भन्ने शब्द हटाउने उल्लेख छ ।

यस्तै पुजा गर्ने क्रममा ब्राह्मणले खाएको भागलाई ब्लर गर्ने र गीतको शीर्षक ‘बाहुनबाजे’ परिवर्तन गर्ने पनि सहमति पत्रमा उल्लेख छ ।

के हो विवाद ?

गोधुली क्रियसन प्रालिले उत्पादन गरेको ‘बाहुन बाजे किन कासेको…’ बोलको गीत एक महिनाअघि युट्युबमा सार्वजनिक भएको थियो । गीतमा खेम सेन्चुरी र दीपिका बयम्बु मगरले स्वर दिएका छन् । रचना र संगीत सेन्चुरीकै हो ।

उक्त गीत र भिडिओले बाहुनहरूलाई होच्याएको भनेर हिन्दुवादी अभियन्ताहरूले ब्यूरोमा उजुरी गरेका थिए । गीतले सनातन हिन्दूको एकता र सद्भाव बिथोल्न खोजेको उजुरीमा आरोप लगाइएको छ । गीतमा रहेको ‘खान्छौ कि खान्नौ बंगुरको मासु, लौ खाऊ न त सुंगुरको मासु’ भन्ने पङ्तिमा हिन्दुवादी अभियन्ताहरूको मुख्य आपत्ति थियो ।

ब्यूरोले दुवै पक्षलाई दुई दिन बोलाएर गराएको छलफलपछि सहमति जुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित