Logo
Logo
राजनिती

रवि–बालेनको कार्यशैली धुर्मुस–सुन्तलीको बाटोमा : शंकर पोखरेल

त
तिलिचो न्यूज
२०८३ भदौ ४ गते १४:५७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने धुर्मुस–सुन्तलीको योजना आकर्षक भए पनि दानदातव्यको भरमा त्यति ठुलो परियोजना सुरु गर्नु अपरिपक्व कदम जस्तै रवि–बालेनको अहिलेको कार्यशैलीलाई तुलना गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमा महासचिव पोखरेलले समयको चेत भन्दै रकम अभाव र बढ्दो उधारोका कारण धुर्मुस सुन्तलीको परियोजना संकटमा परेको र उनीहरू पलायन हुन बाध्य भएको बताएका छन् ।

‘अहिलेको नयाँ राजनीतिक नेतृत्व (रवि–बालेन समूह) को कार्यशैली पनि ठ्याक्कै त्यस्तै दिशामा अघि बढिरहेको देखिन्छ’, पोखरेलले भनेका छन्, ‘राजनीति लामो संघर्ष, समर्पण र राज्य सञ्चालनको कला तथा विज्ञान हो । केवल डिजिटल लोकप्रियता र एल्गोरिदमको भरमा सत्ता चलाउन खोज्दा आज मुलुकमा चौतर्फी अन्योल, आर्थिक शिथिलता र सामाजिक संकट गहिरिँदै गएको छ ।’

महाससिचव पोखरेलले स्पष्ट योजना र दूरदर्शिता बिना राज्यसत्तालाई स्वेच्छाचारी ढंगले सञ्चालन गर्ने हो भने, भोलि धुर्मुस–सुन्तलीकै जस्तो असमयमै पलायनको बाटो रोज्नुपर्ने अवस्था नआउला भन्न नसकिने भन्दै समयमै चेत खुलाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित