समाचार
रवि–बालेनबीच चार घण्टा छलफल, के–के भयो कुराकानी ?
भेटमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी), निजामती कर्मचारीसम्बन्धी अध्यादेश तथा विभिन्न विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायत विषयमा गम्भीर छलफल भएको बताइएको छ ।
त
तिलिचो न्यूज संवाददाता२०८३ कार्तिक १२ गते १२:३४
३१
0
CommentsShares

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बूढानीलकण्ठस्थित लामिछाने निवासमा चार घण्टा लामो भेटवार्ता भएको छ ।
बुधबार बिहान भएको भेटवार्तामा प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनसमेत सहभागी हुनुहुन्थ्यो । भेटमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी), निजामती कर्मचारीसम्बन्धी अध्यादेश तथा विभिन्न विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायत विषयमा गम्भीर छलफल भएको बताइएको छ ।
भेटवार्तामा छलफल भएका विषयबारे दुवै पक्षबाट औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




