Logo
Logo
समाचार

रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित

भोटेकोशी र त्रिशूली नदीमा भदौमा गएको बाढीका कारण बगे–भत्केका सडक मर्मतसम्भार भएसँगै नदी तटीय क्षेत्रबाहेक अन्यत्रको जनजीवन लयमा फर्केको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक ४ गते ०१:१९
५२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

रसुवा । भोटेकोशी र त्रिशूली नदीमा भदौमा गएको बाढीका कारण बगे–भत्केका सडक मर्मतसम्भार भएसँगै नदी तटीय क्षेत्रबाहेक अन्यत्रको जनजीवन लयमा फर्केको छ ।

रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार बाढीले सखाप पारेका रसुवा र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रबाहेक अन्यत्रको जनजीवन सामान्यतर्फ फर्केको छ । अहिले त्रिशूली–वेत्रावतीसम्मको सडक यातायात सञ्चालन भएको छ भने शाखा सडकहरू पनि बनाइएको अवस्था छ ।

यसैबीच होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ नुवाकोट र होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाले नदी तटीय क्षेत्रबाहेक अन्यत्र सबै ठाउँ सुरक्षित र सहज भएकाले भ्रमण गर्न सकिने बताएको छ । दुवै संस्थाका तर्फबाट बिनाहिच्किचावट घुमफिर गर्न अनुरोध छ । यसअघि जस्तै सबैखालको सुविधा दिन तयार छौँ भनिएको छ ।

नागरिक समाजका अध्यक्ष तामङले बाह्य तथा आन्तरिक पर्यटकहरूलाई स्वागत गर्न रसुवावासी तयार रहेको बताउँदै यात्रामा कुनै कठिनाइ उत्पन्न नहुने भएकाले ढुक्क भएर भ्रमण गर्न अनुरोध गरेका छन् ।

यसैगरी, होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाका अध्यक्ष विशाल घलेले रसुवाका धार्मिक तथा पर्यटकीय स्थल जाने सबै रूट पूर्ण रूपमा सुरक्षित रहेकाले भ्रमणमा रमाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गरे ।

होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले पर्यटकीय गतिविधि, व्यावसायिक काम वा व्यक्तिगत यात्राका लागि नुवाकोट तथा रसुवा आउन चाहनेहरूलाई अनावश्यक डर, त्रास वा द्विविधा नराख्न आग्रह गरेका छन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बाढीपछि धादिङको पृथ्वी राजमार्ग गल्छी हँदै देवीघाट–ढुङ्गे–त्रिशूली–वेत्रावती सडक पूर्ण रूपमा सञ्चालनमा आइसकेको, स्याफ्रुबेँसीमा फड्को पुल बनेको र बेलिब्रिज जडान गर्ने तयारी रहेको जानकारी दिए । उनले यातायात सञ्चालन आएको, होटल व्यवसाय पनि सञ्चालन हुन थालेको तथा शान्तिसुरक्षाको अवस्था मजबुत बनाइकाले यात्रा गर्न असहज ।नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित