Logo
Logo
विविध

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ १५ गते १२:५८
४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका लागि डीएनए नमुना परीक्षण सुरु गरिएको छ ।

भारतबाट नेपाल आएको फरेन्सिक विशेषज्ञ टोलीले आइतबार नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका नेपाली विज्ञहरूसँग भेट गरी डीएनए नमुना विश्लेषणसम्बन्धी काम अघि बढाएको हो ।

भारतीय पक्षका अनुसार बाढीमा परी मृत्यु भएकाहरूको पहिचानमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाली विज्ञहरूसँग समन्वय गरी फरेन्सिक परीक्षणको काम भइरहेको छ ।

भारतो विदेश मन्त्रालयले फरेन्सिक टोलीले नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली विज्ञहरूसँग भेट गरेको जानकारी दिएको छ ।

रसुवाको भोटेकोसी र त्रिशूली नदीमा बुधबार आएको भीषण बाढी तथा पहिरोमा ठूलो मानवीय क्षति भएको छ । बाढीपछि विभिन्न स्थानबाट संकलन गरिएका शव तथा बेपत्ता व्यक्तिका परिवारबाट संकलित नमुनाको वैज्ञानिक परीक्षणमार्फत पहिचान गर्ने प्रयास भइरहेको छ ।

भारतले यसअघि नै उद्धार तथा राहत सामग्रीसहित फरेन्सिक विशेषज्ञ टोली र आवश्यक उपकरण नेपाल पठाएको थियो। भारतीय विदेश मन्त्रालयले नेपालमा जारी राहत तथा उद्धार प्रयासमा भारतको सहयोग निरन्तर रहने जनाएको छ । भारतीय फरेन्सिक टोलीको सहयोगले पहिचान हुन नसकेका शवको वैज्ञानिक विधिबाट पहिचान गर्न तथा आफन्तलाई शव बुझाउने प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

निर्वाचन २५ दिन बाँकी : कसलाई भोट गर्ने भनेर गोपनीयता भंग नगर्न आग्रह

निर्वाचन २५ दिन बाँकी : कसलाई भोट गर्ने भनेर गोपनीयता भंग नगर्न आग्रह

निर्वाचन आउन २३ दिन बाँकी, ४४ जिल्लाको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकी, ४४ जिल्लाको मतपत्र छपाइ सकियो

बजेट अर्धवार्षिक समीक्षा : परराष्ट्र अब्बल, सहरी विकास र उद्योग सबैभन्दा कमजोर

बजेट अर्धवार्षिक समीक्षा : परराष्ट्र अब्बल, सहरी विकास र उद्योग सबैभन्दा कमजोर

मालवाहक सवारीको भार नियन्त्रणमा कडाइ, क्षमताभन्दा बढी लोड भए सडकमै झारिने नियम लागू

मालवाहक सवारीको भार नियन्त्रणमा कडाइ, क्षमताभन्दा बढी लोड भए सडकमै झारिने नियम लागू

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित