Logo
Logo
समाज

रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २० गते ०१:१०
९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय क्षति भएको छ। प्रहरीका अनुसार शुक्रबार दिउँसोसम्म विभिन्न जिल्ला र सीमावर्ती भारतीय क्षेत्रबाट गरी कुल एक हजार २९५ जनाको शव फेला परेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेका शवमध्ये रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२१, नवलपरासी पश्चिममा १९४ तथा भारतबाट प्राप्त (नवलपरासी पश्चिमलाई बुझाइएको) १८ वटा रहेका छन्। बाढीबाट घाइते भएकामध्ये दुई जनाको उपचारका क्रममा टिचिङ अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको छ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलन तीव्र पारिएको छ। हालसम्म मृतकका १,२६० र आफन्तका ८४६ गरी कुल २,१०६ वटा डिएनए नमुना संकलन गरिएको छ। प्रक्रिया पुर्‍याएर हालसम्म २२२ महिला, ३५५ पुरुष र पहिचान नखुलेका ४५३ गरी कुल १,०३० वटा शवको व्यवस्थापन गरिसकिएको छ। बाँकी पहिचान नभएका १,२६३ शवको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको छ।

विपत्तिको यो घडीमा प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि ७,९१२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढीमा परी अझै ४,८९८ जना बेपत्ता रहेकाले उनीहरूको खोजी कार्य निरन्तर जारी छ।

यसैगरी, प्रभावित जिल्लाका होल्डिङ सेन्टरहरूमा ३,६५५ जनालाई आश्रय दिइएको छ। प्रहरीले जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, स्थानीय र सम्बन्धित निकायको समन्वयमा उद्धार गर्ने तथा बाढीले अवरुद्ध बनाएका सडक खुलाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

६ दलले पाए राष्ट्रिय दलको मान्यता

६ दलले पाए राष्ट्रिय दलको मान्यता

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित